+
+

नेपाल र यूएई एसीसी प्रिमियर कपको फाइनलमा

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०८० वैशाख १६ गते १९:४९

१६ वैशाख, काठमाडौं । काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र यूएई फाइनल प्रवेश गरेका छन् ।

नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह विजेता भई सेमिफाइनल प्रवेश गरेको आधारमा सोझै फाइनलमा पुगेको छ भने यूएईले डीएलएस प्रणालीका आधारमा ओमानलाई हराउँदै फाइनलमा पुगेको हो । यूएई २ रनले विजयी भयो ।

त्रिवि मैदानमा नेपाल र कुवेतबीचको खेल वर्षाका कारण प्रभावित भयो । वर्षाका कारण ओभर घटाइएको खेलमा नेपालले डीएलएस प्रणालीका आधारमा २८१ रनको लक्ष्य दिएको थियो ।

टस हारेर नेपालले ब्याटिङ गर्दा २३.२ ओभरको खेल सकिँदा वर्षाका कारण स्थगित भएको थियो । त्यसपछि पानी पर्न छाडेपछि खेल अघि बढाउँदा ४२ ओभरमा घटाइएको थियो । नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर २८१ रन बनाएको थियो । डीएलएस प्रणालीका आधारमा कुवेतले २८१ रनको लक्ष्य पाएको थियो ।

तर बलरले उत्कृष्ट प्रदर्शन गर्दा नेपाल जिततर्फ उन्मुख थियो । ८.३ ओभरमा ३७ रन बनाउँदा कुवेतले ६ विकेट गुमाइसकेको थियो । तर त्यति नै बेला वर्षा भएर खेल स्थगित हुन पुग्यो ।

कुवेतले २० ओभरसम्म नखेलेका कारण डीएल प्रणालीबाट नतिजा दिन नमिल्ने भएकोले कुवेत र नेपालबीचको खेल अर्थहीन रह्यो । नेपाल एसीसी प्रिमियर कपमा समूह विजेता भएर सेमिफाइनल प्रवेश गरेका आधारमा फाइनलमा पुगेको हो ।

उता यूएईले भने डीएलएस प्रणालीका आधारमा ओमानलाई २ रनले पराजित गर्‍यो । यूएईले दिएको २३७ रनको लक्ष्य पछ्याएको ओमानले  ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन बनाउँदा वर्षाका कारण खेल स्थगित भएको थियो ।

अब फाइनल खेल सोमबार हुनेछ । कुवेत र ओमानले तेस्रो स्थानका लागि आइतबार खेल्नेछन् ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?