+
+

भारतीय महिला लिगमा चम्किइन् सावित्रा, लगातार ह्याट्रिक

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १६ गते २०:१५

१६ वैशाख, काठमाडौं । नेपाली महिला फुटबल टिमकी सदस्य सावित्रा भण्डारीलाई गोल मेसिनको रुपमा चिनिन्छ । मैदानमा उनले गर्ने गोलका कारण उनी गोल मेसिन नै बनेकी छन् ।

चाहे राष्ट्रिय टिममा होस् या क्लब लेभलमा उनको गोल गर्न माहिर छिन् । नेपालमा महिला फुटबलको लिग नभएपछि हाल सावित्रादेखि राष्ट्रिय टिम कप्तान एन्जिला तुम्बापो सुब्बासम्म भारतीय महिला लिग खेलिरहेका छन् ।

त्यसमा पनि गोकुलम केरलाबाट खेलिरहेकी सावित्राको उत्कृष्ट प्रदर्शन जारी छ । दुई पटक भारतीय लिग जितिसकेकी सावित्राले गोकुलम केरलालाई लगातार दोस्रो जित दिलाउने क्रममा ह्याट्रिक गरिन् ।

पहिलो खेलमै इस्ट बंगाल विरुद्ध ५ गोल गरेकी सावित्राले शनिबार ओडिसा स्पोर्ट्स विरुद्ध चार गोल गरिन् । गोकुलम केरलाले भने दुवै खेलमा ८ गोल गर्‍यो ।

पहिलो खेल ८-२ ले जितेको गोकुलमले दोस्रो खेल ८-१ ले जित्यो ।

सावित्राले खेलको सातौं मिनेटमै गोल गरी अग्रता दिलाएकी थिइन् । १२औं मिनेटमा सुमिताले स्पोर्ट्स ओडिसाका लागि बराबरी गोल फर्काएकी थिइन् । तर पहिलो हाफमा भिभियनले २८औं र डांगमाई ग्रेसले ४३ औं मिनेटमा गोल गर्दा गोकुलम केरालाले ३-१ को अग्रता बनायो । दोस्रो हाफमा सावित्राले ६२औं र ६३औं मिनेटमा लगातार गोल गर्दै ह्याट्रिक पूरा गरिन् भने ७९औं मिनेटमा व्यक्तिगत चौथो गोल गरिन् ।

यस्तै शिल्कीले ७०औं मिनेटमा गोल गर्दा भिभियनले ८६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् ।

स्पोर्ट्स ओडिसाबाट नेपाली राष्ट्रिय टिमकी अर्की परवार्ड रेखा पौडेल पनि खेलेकी थिइन् । यसअघि पहिलो खेलमा गोल गरेकी रेखाले सावित्राको टिम विरुद्ध भने गोल गर्न सकिनन् ।

लगातार दोस्रो जितपछि गोकुलम केराले समूह ए मा ६ अंक जोडेर शीर्ष स्थानमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?