+
+

१८९ कम्पनीको सेयरमूल्य गिरावट हुँदा १९ अंकले घट्यो नेप्से

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १७ गते १५:३०

१७ वैशाख, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से १.०१ प्रतिशतले गिरावट भएर बन्द भएको छ । आइतबार सेयर बजार खुलेको सुरुवाती समयदेखि नै घट्दो क्रममा रहेको नेप्से १९.११ अंकले गिरावट हुँदा १८७०.६५ अंकमा बन्द भएको छ ।

आइतबार नेप्से कुल २१९ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १८९ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । कारोबार भएको अधिकांश सूचीकृत कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा नेप्से पनि रकम पनि घटेको हो । यस्तै २६ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ४ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।

आइतबार नेप्सेमा सबै उपसूचकमा गिरावट भएका छन् । विकास बैंक तथा वित्त कम्पनी उपसूचक १ प्रतिशत भन्दा माथिले गिरावट हुँदा हाइड्रोपावर उपसूचक सर्वाधिक १.८७ प्रतिशत र व्यापार उपसूचक १.६८ प्रतिशतले गिरावट भएको छ । अन्य र म्युचुअल फण्ड उपसूचक पनि १ प्रतिशत चभन्दा माथिले गिरावट भएको छ ।

नेप्सेमा गिरावट भएपनि कारोबार रकमममा केही वृद्धि हुँदा १ अर्ब नजिक पुगेको छ । गत बिहीबार करिब ७४ करोडमा सीमित भएको कारोबार रकम आइतबार बढेर ९५ करोड ४३ लाख पुगेको छ । आइतबार कारोबार भएकामध्ये शिवम् सिमेन्टको सर्वाधिक ४ करोड २५ लाख रुपैयाँको सेयर कारोबार हुँदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ करोड ५७ लाख रुपैयाँ र तारागाउँ रिजेन्सी होटलको ३ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आइतबार कारोबार भएकामध्ये एनएमबी सुलभ इन्भेष्टमेन्ट २ को इकाईमूल्य सर्वाधिक ३.३३ प्रतिशथले वृद्धि हुँदा प्रभु बैंक ऋणपत्र २०८७ ३.१८ प्रतिशतले बढेको छ । सूचीकृत कम्पनीमा मिथिला लघुवित्तको सेयरमूल्य सर्वाधिक २.५९ प्रतिशतले वृद्धि भएको छ ।

यता एनआईबीएल ग्रोथ फण्डको इकाइमूल्य ८.८९ प्रतिशतले गिरावट हुँदा अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीको सेयरमूल्य ४.७० प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?