+
+

बार्सिलोना फर्किएलान् मेस्सी ?

बीबीसीको सहयोगमा बीबीसीको सहयोगमा
२०८० वैशाख १७ गते १८:५३

काठमाडौं । अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)सँगको अनुबन्ध समरमा सकिँदै छ । त्यसपछि उनी कता जालान् ? पीसजीमै बस्लान् वा पूर्व क्लब बार्सिलोना फर्केलान् ?

सामाजिक सञ्जाल र केही अन्तर्राष्ट्रिय सञ्चार माध्यममा उनी बार्सिलोना फर्किने चर्चा भइरहेको छ । क्लबले पनि उनी फर्किने आशा गर्न थालेको छ ।

बार्सिलोना मेस्सीका लागि घर सरह हो । उनले बार्सिलोना छोड्ने बेला आँशु झार्दै छोडेका थिए । क्लबले उनलाई अनुबन्ध गर्न नसक्ने भनेपश्चात उनी विकल्पमा पेरिस पुगेका थिए ।

तर मेस्सीलाई बार्सिलोना फर्कन त्यति सहज भने छैन । यसको बारेमा धेरै जानकारी सायद क्लबका अध्यक्ष जोन लापोर्टासँग छ । मेस्सीलाई २ वर्षअघि पनि क्लबमा नै राख्ने प्रतिवद्धता उनले पूरा गर्न सकेका थिएनन् ।

३५ वर्षीय फरवार्डले ७७८ खेलमा बार्सिलोनाका लागि ६७२ गोल गरेका थिए । उनी हालसम्मकै शीर्ष गोलकर्ता हुन् । हाल उनीको पीएसजीमा उनको अनुबन्धता सकिन लाग्दा उनी क्याम्प नाउ फर्कने आश पनि बढेको छ ।

बार्सिलोनाको आर्थिक अवस्था तगारो ?

बार्सिलोनाले मेस्सीलाई फिर्ता ल्याउन चाहिरहँदा क्लबको आर्थिक अवस्था भने तगारो बन्न सक्छ ।

क्लबले यो सत्य नर्कान सक्दैन कि अझै पनि बार्सिलोनामा आर्थिक समस्या छ । जसका लागि उनीहरुले मेस्सीलाई उनको वास्तविक मूल्य दिन सक्दैनन् । हाल मेस्सीलाई बार्सिलोनामा भित्र्याउने हो भने कम्तीमा पनि ६०० मिालियन यूरो दिनुपर्छ । बार्सिलोनाले आफ्नो स्थिति हेर्ने हो भने उनलाई २०० मिलियन कम दिनुपर्छ ।

मेस्सीलाई बार्सिलोनामा फिर्ता चाहन्छन् भने सर्वप्रथम क्लबले आफ्नो आर्थिक स्थिति सुधार गर्नतर्फ लाग्नुपर्छ । यसो नगरेको खण्डमा उनीहरुले मेस्सीलाई हालको लागि भुल्नु नै बेस हुनेछ । आर्थिकस्थिति सुधार नभएको खण्डमा बार्सिलोनाले गाभी, अरुजो, माकोएस अलोन्सो र सर्गीलाई पनि क्लबमा राखिरहन सक्दैन ।

क्लबले ला लिगाका लागि पनि व्यावहारिक योजना बनाउनु जरुरी छ । यसको अर्थ यो पनि हो कि धेरै खेलाडीको तलब रकम क्लबले अझै कम गर्नुपर्ने हुन्छ । केही खेलाडी बेच्नु पर्ने हुन्छ । क्लबले केही खेलाडी बेच्न इच्छा व्यक्त पनि गर्दै आएको छ ।

यो सबैकुरा सुल्झिएको खण्डमा मात्रै बार्सिलोनाले मेस्सीलाई क्लबमा फिर्ता बोलाउने बारे सोच्दा हुन्छ ।

क्लबले आफ्नो स्टेडियम मर्मत गरिरहेको छ । जसका कारण बार्सिलोनाले २०२४ को नोभेम्बरसम्मका लागि ओलम्पिक मैदान मोन्ट जुइकलाई भाडामा लिएको छ । अझ यो मात्रै होइन लगभग ५५ मिलियन यूरो क्लबले ला लिगाको टिकटका लागि पनि खर्चिनु पर्ने हुन्छ ।

बार्सिलोनाले मैदान मर्मतका लागि १.४ विलियन यूरो जम्मा गरेको थियो । जुसमध्ये १.३ विलियन उनीहरुले खर्च गरिसकेका छन् ।

क्लबको खर्च गोल्डेन म्यान सेक्सले धानिरहेका छन् । उनी नभएको भए यत्रो ठूलो खर्च क्लबले धान्न सक्ने अवस्था थिएन । अन्य बोर्ड सदस्यलाई सम्झाएर हाल उनले क्लबलाई पहिलेको अवस्थामा लयाउन चाहिरहेका छन् ।

उनी मेस्सीलाई क्लब फर्काउन पनि उत्तिकै आतुर छन् । किनभने मेस्सी क्लबमा फर्किएपछि क्लबमा प्रयोजनकर्ताको पनि रुचि बढ्ने गोल्डेन मेनको अपेक्षा छ ।

मेस्सी फिर्ता ल्याउन बार्सिलोनाले के गर्नुपर्छ ?

सबैभन्दा पहिला त क्लबका अध्यक्ष लापोर्टाले ती सबैसँग माफी माग्नुपर्छ, किनभने उनै एक मुख्य योजनाकर्ता थिए, जसले मेस्सीलाई क्लबबाट निकाल्ने योजना बनाएका थिए ।जसलाई निकालेका थिए । उनैलाई फिर्ता ल्याउनु उनका लागि कम चुनौतीपूर्ण हुने छैन ।

मेस्सी र क्लब अध्यक्ष हाल सम्पर्कमा छैनन् । सम्पर्कमा नभएका कारण यसबारेमा कुरा पनि भएको छैन ।

हाल बार्सा मेस्सीलाई २ वर्षको लागि अनुबन्ध गर्न चाहन्छ ताकि क्लब पुन क्याम्प नाउमा फर्किन सकोस् । क्लबले १२५ औं वार्षिकउत्सव नाउ क्याम्पमा मेस्सीको साथमा मनाउन चाहन्छ ।

स्पेनिस समचार पत्र स्पोर्टका अनुसार क्लबले मेस्सीलाई प्रति सिजन २५ मिलियन यूरो दिनसक्ने छ । जुन हिसाब गर्ने हो भने पछिल्लो २ वर्षमा उनले विदेशमा बसेर कमाएको एक चौथाइ कमाइ हो ।

हाल यस्तो एक चर्चा चलेको छ जसमा भनिएको छ, कि क्याम्प नाउ देखिने पुरानो एकेडेमी भवन जहाँ खेलाडी बस्थे त्यसलाई ला मेसिया अर्थात मेस्सी संग्रहालय बनाउने भन्ने कुरा चल्दैछ । जहाँ मेस्सीलाई चिन्न सबै मानिस आउनेछन् । तर ला लिगा भने क्लबको अन्य सम्पत्ति बेचेर आर्थिक कमाइ गर्ने अनुमति दिँदैन ।

मेस्सीलाई किन फिर्ता ल्याउन चाहन्छ बार्सा ?

बार्सिलोना भित्र चलिरहेको नेग्रेइरा घोटालाका कारण क्लबको छवि बिग्रिएको छ । सोही छवि सुर्धान र क्याम्प नाउले पुन इज्जत कमाउन मेस्सीलाई ल्याउन लागेको त्यहाँका केही अग्रज पत्रकारहरुको धारणा रहेको छ ।

उनको आगमनले क्लबको केही प्रतिष्ठा फर्कने छ, जुन विभिन्न कारण हराएको थियो ।

यसबीचमा ला लिगाका अध्यक्षसमेत रहेका जेवियर तेबासले कमजोर र दुर्बल पक्ष सन्तुलन गरिहेका छन् । यो कुरा स्पेनका हरेक क्लबलाई जानकारी पनि छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?