+
+

‘किसीका भाइ किसीकी जान’ले भारतमा कमायो १०० करोड, नेपालमा ३ करोड

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १८ गते १२:५४

काठमाडौं । सलमान खान स्टारर ‘किसीका भाइ किसीकी जान’ले भारतको घरेलु बक्स अफिसमा १०० करोड भारुको कमाइ गरेपछि फ्यानहरुले राहतको सास फेरेका छन् । बलिउड सञ्चारमाध्यमका अनुसार आइतबार ४.५० करोड कमाउँदै फिल्मले १०० करोडको आँकडा पार गरेको हो ।

सन्तोषजनक पहिलो सप्ताहन्त ओपनिङ गरेको फिल्मको अकुपेन्सीमा सोमबारदेखि गिरावट आएको थियो । यद्यपि, सप्ताहन्तले निर्माताको अनुहारमा केही खुसी ल्यायो । सोमबार महाराष्ट्रमा सार्वजनिक बिदा घोषणा भएकाले पनि फिल्मका लागि कमाइमा वृद्धि हुने अनुमान गरिएको छ । ट्रेड एनालिस्ट सञ्चिकका अनुसार किसीका भाइ किसीकी जानले आइतबार हिन्दी बजारमा १६.७७ प्रतिशत कब्जा गरेको छ ।

संख्या उत्साहजनक लाग्न सक्छ तर यो सलमानको स्टारडमको तुलनामा केही होइन । उनको पछिल्लो फिल्म ‘दबंग ३ (२०१९) ले २३० करोड भारुको लाइफटाइम कलेक्सन गरेको थियो, जबकि उनको पछिल्लो फिल्म १५० करोड भारुको निकट पनि नहुन सक्छ । दक्षिण भारतीय ‘वीरम’को रिमेक रहेको यो फिल्म सन् २०२३ मा ‘पठान’ र ‘तु झुटी मैं मक्कर’पछिको एक सफल हिन्दी फिल्ममध्ये एक हुनसक्छ ।

‘किसीका भाइ किसीकी जान’मा पूजा हेग्डे, वेंकटेश दग्गुबाती, भूमिका चावला, पालक तिवारी, सिद्धार्थ निगम, राघव जुयाल, शहनाज गिल लगायतका कलाकारहरुको पनि अभिनय छ । सलमानको स्टार पावरका कारण यो फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्न सफल भए पनि यसले समीक्षकलाई प्रभावित गर्न भने सकेन ।

इन्डियन एक्सप्रेसकी शुभ्रा गुप्ताले यसलाई ‘अकल्पनीय’ भन्दै समीक्षा गरेकी थिइन्, ‘यो भाइजान हामीले देखेका हरेक भाइजानको थकित र अकल्पनीय संयोजन हो ।’ नेपाली बक्स अफिसमा समेत यो फिल्मले अपेक्षाभन्दा कम व्यापार गरिरहेको छ । दुई सातामा फिल्मले नेपाली बक्स अफिसमा तीन करोड रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको चलचित्र विकास बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?