+
+

तातोपानी नाका दुईतर्फी सञ्चालनमा   

रासस रासस
२०८० वैशाख १८ गते १४:२६

१८ वैशाख, सिन्धुपाल्चोक । तातोपानी नाका सोमबारदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप सोमबारदेखि दुईतर्फी आयात निर्यात सुरु भएको हो ।

सोमबार बिहान नेपालबाट तीन ट्रक मुढा र म्याट्रेस चीनतर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिए ।

गत महिना नेपाली र चिनियाँ अधिकारीबीच ल्हासामा भएको बैठकपछि नाका भूकम्प अघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भए अनुसार सोमबारदेखि नेपाल र चीन दुवैतर्फबाट आयात निर्यात खुल्ला भएको हो ।

यसअघि चीनबाट सामग्री ल्याउन एकतर्फी सञ्चालमा रहेको तातोपानी नाका पहिले जस्तै नेपालबाट पनि सामग्री लैजाने कार्य सुरु भएको छ ।

सिन्धुपाल्चोक १ का प्रतिनिधिसभा सदस्य माधव सापकोटाले कूटनीतिक पहलकदमीले नाका दोहोरो पुनः सुरु भएको र छिट्टै मानव आवतजावत पनि सुरु हुने जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?