+
+

एमाले बागमती प्रदेश कमिटी सदस्य घिमिरे अर्धचेत अवस्थामा भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १९ गते ८:२१

१९ वैशाख, काठमाडौं । नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य नारायण घिमिरे काठमाडौंको एक होटलमा अर्धचेत अवस्थामा भेटिएका छन् ।

जमलको होटल कैलाशमा विष खाएको अवस्थामा फेला परेपछि उनलाई प्रहरीले उद्धार गरेर वीर अस्पताल भर्ना गराएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले अनलाइनखबरलाई बताए । रिजालका अनुसार उनी शनिबारदेखि कैलाश होटलमा बस्दै आएको पाइएको छ ।

नुवाकोटको विदुर–११ घर भएका घिमिरे बेपत्ता भएको भन्दै परिवारका सदस्यले आइतबार खोजतलासका लागि काठमाडौं प्रहरी परिसरमा निवेदन दिएका थिए । उनी पछिल्लो समय तारकेश्वर नगरपालिका–९, डाँडागाउँ बस्दै आएका थिए ।

घिमिरेको कोठाबाट प्रहरीले सुसाइड नोट पनि बरामद गरेको छ । त्यसमा उल्लेखित विषयबारे प्रहरीले बताएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?