+
+

पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १९ गते १०:३१

१९ वैशाख, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धार्केको गणेशखोलाको पुल भासिएपछि सोमबारदेखि अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

जिल्ला ट्राफ़िक प्रहरी कार्यालय धादिङका अनुसार मंगलबार बिहान १० बजेदेखि एकतर्फी सवारी खुलाइएको हो ।

१८ घण्टादेखि राजमार्ग अवरुद्ध हुँदा कतिपय साना सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गरिरहेका थिए । काठमाडौं आउने सवारी साधनले गल्छी हुँदै नुवाकोटको बाटो र काठमाडौं बाहिर जाने सवारी साधनले त्रिभुवन राजपथ हुँदै हेटौंडाको बाटो प्रयोग गरिररहेका थिए । ठूला सवारी साधनहरू भने जाममा परेका छन् ।

नागढुंगा-मुग्लिन सडक योजना पूर्वी खण्डले नेपाली सेनाको सहयोग लिएर सडक मर्मत गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?