फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ को कृष्णभिर र वडा नम्बर ९ को ज्यामिरेमा खसेको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ।
- अविरल वर्षापछि लेदोसहितको पहिरो खस्दा शुक्रबार बिहान राजमार्ग एकतर्फी सञ्चालनमा थियो।
- यसअघि भोटेकोशी र त्रिशूली नदीको बाढीले कृष्णभिरमा सडक कटान गर्दा पृथ्वी राजमार्ग १८ दिन अवरुद्ध भएको थियो।
८ असोज, काठमाडौँ । पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभिर नजिकै र वडा नम्बर ९ को ज्यामिरे भन्ने स्थानमा खसेको पहिरो पन्छाएसँगै राजमार्ग दुईतर्फी सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ ।
अविरल वर्षापछि यी दुई स्थानमा लेदोसहित पहिरो खसेका कारण शुक्रबार बिहान राजमार्ग एकतर्फी सञ्चालनमा थियो ।
यसअघि १० र १४ भदौमा भोटेकोशी र त्रिशूली नदीमा आएको ठूलो बाढीले कृष्णभिरमा सडक कटान गर्दा १८ दिन पृथ्वी राजमागर्ग अवरुद्ध बनेको थियो ।
कृष्णभिरमा नयाँ ट्र्याक खोलेर १ असोजदेखि पृथ्वी राजमार्ग सञ्चालनमा ल्याइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4