+
+

महानगरवासीको तथ्यांक संकलन गर्दै पोखरा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १९ गते २०:३०

१९ वैशाख, पोखरा। पोखरा महानगरपालिकाले विद्युतीय पाश्र्वचित्रका लागि घरधुरी तथ्यांक संकलन गर्ने भएको छ । समग्र महानगको वस्तुगत अवस्थाबारे विद्युतीय अभिलेख राख्न पारिवारिक विवरणसहित तथ्यांक संकलन गर्न लागिएको महानगरले जनाएको छ ।

महानगरले संकलन गर्ने तथ्यांकमा व्यक्तिको पारिवारिक, आर्थिक अवस्था, व्यवसायिक विवरण, घरबहाल, शिक्षा, स्वास्थ्यमा पहुँच, वैदेशिक रोजगारी, पञ्जिकरण अद्यावधिक लगायतका विवरण समावेश गरिने छ ।

महानगरले तथ्यांक संकलनका लागि २ सय २० जना सर्वेक्षक छनोट गरेको छ । सर्वेक्षकले पोखरा महानगरका ३३ वटै वडाबाट विवरण संकलन गर्ने महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए ।

मेयर आचार्यका अनुसार सर्वेक्षणमा खटिने कर्मचारीलाई आवश्यक तालिम दिइसकिएको र उनीहरुले बैशाख २५ गतेदेखि काममा खटिनेछन् ।

‘समग्रमा महानगरको अवस्था के हो भन्ने विषयलाई विद्युतीय अभिलेखीकरण गर्न जरुरी छ’, मेयर आचार्यले भने, ‘यस्तो अभिलेखले महानगरका योजनाहरू निर्माण गर्दा त्यसको आवश्यकता र प्राथमिकता निर्धारणमा महत्वपूर्ण सहयोग पुग्छ ।’

नगरवासीहरूको प्रमुख सूचकांक, खण्डीकृत सूचकांकको पहिचान, आर्थिक सबलता र दुर्बलताको अवस्था, विपन्नता र विपत् जोखिम क्षेत्रहरूको पहिचानलगायत विषयमा तथ्यांक संकलनले महत्वपूूर्ण सहयोग मिल्ने दाबी मेयर आचार्यको छ । उनले तथ्यांक संकलनका क्रममा वैध र अवैध व्यवसायबारे पनि जानकारी मिल्ने र त्यसबाट महानगरको करको दायरा बढाउन सहयोग मिल्ने सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?