+
+

पीएसजीले मेस्सीलाई २ हप्ताका लागि निलम्बन गर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २० गते १०:३१

२० वैशाख, काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीलाई उनको क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले २ हप्ताका लागि निलम्बन गरेको छ ।

क्लबसँग अनुमति नलिई साउदी अरबको भ्रमण गरेकोमा उनी कारबाहीमा परेका हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार २ हप्ताको निलम्बनमा परेमा उनले पीएसजीका २ वटा खेल गुमाउने छन् ।

पीएसजीसँगको सम्झौता यो सिजनपछि सकिँदै छ । सम्झौता सकिनु र मेसीले सम्झौता नवीकरणको प्रतिक्षा गरिरहेका बेला उनीमाथि कारबाही भएको हो ।

निलम्बनको समयमा क्लबमा प्रशिक्षणसमेत गर्न नपाउने मेस्सीले यो समयको पारिश्रमिक पनि पाउने छैनन् ।

श्रोतलाई उल्लेख गर्दै समाचार संस्था एपीले जनाए अनुसार उनले साउदी अरबको भ्रमणमा जान अनुमति मागेका थिए । तर क्लबले उनलाई अनुमति दिएन ।

तर पनि पर्यटन प्रवर्द्धनको एउटा कार्यक्रममा सहभागी हुन मेस्सी साउदी अरब पुगेका थिए । उनी साउदी अरबको पर्यटन बोर्डको अफिसियल ब्राण्ड एम्बेसडर हुन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?