+
+
Shares

बालुवाटारमा माधव नेपालको स्पष्टीकरण : कर्णालीमा स्थानीय असन्तुष्टिबारे बोलेको हुँ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २० गते २०:११

२० वैशाख, काठमाडौं। पूर्वप्रधानमन्त्री एव नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कर्णालीमा नेकपा माओवादी केन्द्रको व्यवहारले मर्माहत भएको भनी दिएको अभिव्यक्तिबारे बुधबार बालुवाटार बैठकमा स्पष्टीकरण दिएका छन् ।

उनले स्थानीय नेताहरुको असन्तुष्टि सम्बोधन गर्न मात्र आफूले त्यस्तो अभिव्यक्ति बताएका बुधबार साँझ बालुवाटार बैठकमा सहभागी एक नेताले बताए ।

बुधबार बिहान सुर्खेतमा आयोजित कार्यक्रममा नेता नेपालले माओवादीको व्यवहारले मर्माहत भएको टिप्पणी गरेका थिए ।

कर्णाली प्रदेशमा आफूहरुलाई बेवास्ता गरिएको भन्दै उनले भनेका थिए, ‘हामी गठबन्धन टिक्छ भनिरहेका छौं । टिकाउँछौं भनिरहेका छौं । टिकाउने क्षमता, खुबी र हिस्सेदारी हामीसँग छ भनिरहेका छौं। तर हामीलाई पीडा दिने खालको व्यवहार देखिसकेपछि हामी मर्माहत भएका छौं।’

उनको असन्तुष्टिबारे साँझ बालुवाटारमा बसेको सत्तारुढ ६ दलको बैठकमा छलफल भएको थियो। बैठकमा सहभागी श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारीका अनुसार नेपालले आफूले स्थानीय नेताहको असन्तुष्टि सम्बोधन गर्न त्यस्तो कुरा बोलेको स्पष्टीकरण दिएका थिए ।

‘मैले भनेको एउटा कुरा मात्रै छापियो, दोस्रो कुरा मिडियाले छापिदिएन,’ नेपालको भनाइ उद्धृत गर्दै भण्डारीले भने, ‘स्थानीय साथीहरुको असन्तुष्टि थियो, गुनासो थियो। त्यसलाई सम्बोधन गर्नको लागि मैले बोलेको थिएँ। त्यो कुरा मैले त्यहीँ छोडेँ भनेर मैले बोलेको थिएँ, त्यो कुरा मिडियाले लेखेनन् ।’

अध्यक्ष नेपालले यसका कारण गठबन्धनमा कुनै समस्या नआउने बताएका थिए ।

कर्णालीमा नेकपा माओवादी र नेपाली कांग्रेस सम्मिलित सरकारमा नेकपा एकीकृत समाजवादीलाई समावेश गराइएको छैन । नेता नेपालले त्यही विषयमा असन्तुष्टि जनाएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?