+
+

सिंहदरबारमा प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेट

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २१ गते १४:२८

२० वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

दुई नेताबीच सिंहदरबारमा भेटमा संवैधानिक परिषदको बैठक, समसामयिक राजनीति लगायतका विषयमा कुराकानी भएको ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए ।

उनका अनुसार भेटमा एमाले अध्यक्ष ओलीले सरकारले स्थानीय तहको बजेट कटौती गरेकामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । सरकारले स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान ५० प्रतिशतले कटौती गरेको थियो ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिले ओलीसमक्ष यस विषयमा गुनासो गरेपछि उनले प्रधानमन्त्रीलाई बजेट कटौती नगर्न आग्रह गरेका बज्राचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?