+
+

‘एमएस धोनी’ भारतमा पुनः प्रदर्शन हुने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २१ गते १७:३१

काठमाडौं । भारतीय क्रिकेटर एमएस धोनीबारेको बायोपिक फिल्म ‘एमएस धोनी : द अनटोल्ड स्टोरी’ पहिलोपटक सन् २०१६ मा रिलिज भएको थियो । नीरज पाण्डे निर्देशित यो बायोपिक फिल्म आगामी मे १२ मा पुनः भारतका हलमा प्रदर्शन हुने भएको छ ।

फिल्ममा दिवगंत अभिनेता सुशान्त सिंह राजपुतले धोनीको भूमिका निर्वाह गरेका थिए, जुन त्यस वर्षको सबैभन्दा हिट फिल्म बन्यो ।

‘यो फिल्म स्टोरी स्टार स्टुडियोका लागि मात्र होइन, विश्वभरका भारतीयका लागि पनि सबैभन्दा सफल क्रिकेट कप्तानको प्रेरणादायी यात्रालाई देखाउने विशेष फिल्म भएको छ । पुनः रिलिजको उद्देश्य देशभरका उनका फ्यानलाई ठूलो पर्दामा क्रिकेटका सबैभन्दा जादूयी क्षणहरू पुनः जीवित गर्ने अर्को मौका दिनु हो,’ डिज्नी स्टारका प्रमुख विक्रम दुग्गलले भने ।

यो बायोपिक फिल्म सुशान्तको करिअरकै सफल मानिन्छ । फिल्मबाट उनले विभिन्न अवार्डमा सर्वश्रेष्ठ अभिनेताको पुरस्कार जिते । सुशान्तको १४ जुन २०२० मा निधन भएको थियो । उनी मुम्बईस्थित अपार्टमेन्टमा मृत फेला परेका थिए ।

‘एमएस धोनी’मा सुशान्तसहित कियारा आडवाणी, दिशा पटानी, अनुपम खेर र भूमिका चावलाको पनि मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?