+
+

ललितपुर महानगरले दियो अक्षय कोष स्थापना गर्न दुई संस्थालाई ७५ लाख

ललितपुर महानगरपालिकाले अक्षय कोष स्थापना गर्न दुई वटा संस्थालाई ७५ लाख रूपैयाँ प्रदान गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २१ गते १९:१५

२१ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकाले अक्षय कोष स्थापना गर्न दुई वटा संस्थालाई ७५ लाख रूपैयाँ प्रदान गरेको छ । हिरण्य वर्ण महाविहार सुधार समिति र ललितपुर बुद्ध जयन्ती कोषलाई क्रमशः ५० हजार र २५ हजार रूपैयाँ प्रदान गरेको महानगरले जनाएको छ ।

महानगरका प्रमुख चिरिबाबु महर्जनले हिरण्य वर्ण महाविहार सुधार समितिका अध्यक्ष पुष्पराज बज्राचार्य र ललितपुर बुद्ध जयन्ती कोषका अध्यक्ष चन्द्रमान शाक्यसँग अक्षयकोष सम्बन्धी समझदारी पत्रमा छुट्टाछुट्टै हस्ताक्षर गरेका छन् । समझदारी पत्रमा हस्ताक्षर पश्चात महानगरका प्रमुख महर्जनले बज्रचार्य र शाक्यलाई क्रमशः ५० हजार र २५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका थिए ।

हिरण्य वर्ण महाविहार सुधार समितिलाई सम्यक महादान पर्वको निरन्तरताका लागि र कोषलाई बुद्ध जयन्ती समारोह सञ्चालन र व्यवस्थापनका लागि अक्षयकोष स्थापना गर्न उक्त सहयोग गरिएको महानगरले जनाएको छ ।

‘आर्थिक अभावमा धार्मिक र सांंस्कृतिक रुपमा महत्वपूर्ण पर्व ओझेलमा नपरुन् भनेर महानगरले अक्षयकोषका लागि रकम दिएको हो’ चेक हस्तान्तरण पछि ललितपुरका मेयर महर्जनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?