+
+

पशुपन्छीको तथ्यांक संकलन गर्दै ललितपुर महानगर

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ४ गते १४:३६

४ पुस, काठमाडौं । ललितपुर महानगरपालिकाले पशुपन्छीको तथ्यांक संकलन सुरु गरेको छ । महानगरपालिकाले २०७४ सालपछि फेरि पालिका भित्र पशुपन्छी तथा मत्स्य संकलन गर्न लागेको जनाएको छ ।

‘महानगरभित्र कृषकहरुसँग पशुपन्छी तथा माछा कति छ भन्ने तथ्यांकका लागि आजदेखि गणकहरु खटाएका छौं । महानगरले कृषि तथा पशुपन्छी क्षेत्रमा छुट्याएको बजेट कार्यान्वयन गर्न र कृषकहरुलाई आवश्यक पर्ने सेवा दिन तथ्यांक संकलन गर्न लागेका हौं,’ पशु सेवा शाखा प्रमुख राजेन्द्र विष्टले भने ।

उनले महानगरले गर्ने गणनामा दूध र माछामासु उत्पादनका लागि पालिएको पशुपन्छी र मत्स्य मुख्य भएपनि अन्य घरपालुवा अन्य जनावरहरुको तथ्यांक पनि संकलन गरिने बताए ।

महानगरको गणनामा गाई-भैंसीमा कोरली, दुहुनु, थारो लगायत वर्गीकरण हुन्छ भने बाख्रामा खसी-बोका, रैथाने, उन्नत जातिको हेरिन्छ । यस्तै कुखुरामा ब्रोइलर, लोकल, लोटन लगायत कति छन् भन्ने गणना हुनेछ ।

२०७४ मा महानगरले गरेको पशुपन्छी गणनामा १६ सय गाई, करिब एक हजार भैंसी लगायत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?