+
+

महिलाहरु अन्तरीक्ष सम्मै पुगिसके, तर संसारका यी ५ ठाउँमा जान पाउँदैनन्

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २२ गते १५:३०

काठमाडौं । विश्व इतिहासमा महिलाहरुले पटक पटक सावित गर्दै आएका छन् कि उनीहरु कुनैपनि विषयमा पुरुषभन्दा कम छैनन् । देश चलाउने देखि समाज, सेना, व्यापार, शिक्षा लगायतका हरेक क्षेत्रहरु महिलाले शानदार रुपमा हाँकेकै छन् ।

महिलाहरुकै अमूल्य योगदान तथा सहभागिताले गर्दा संसार प्रगतिपथमा लम्किरहेको छ । महिलाहरु अन्तरीक्षमा सम्म पुगेर किर्तिमान रचिसकेका छन् र पुरुषहरुसँग काँधमा काँध मिलाएका छन् । तर यसका बाबजुत यो दुनियामा यस्ता ठाउँ पनि छन् जहाँ महिलाको प्रवेश निषेध गरिएको छ ।

अनौठो त के भने ती सबै ठाउँहरु प्रसिद्ध पर्यटकीय गन्तव्य हुन् । महिलाका लागि वर्जित संसारका चर्चित ५ ठाउँ यी हुन्ः

  • बर्निंग ट्री क्लब, अमेरिका : अमेरिकाको यो क्लबमा धनी मानिसहरु विभिन्न खालका रोचक गेम खेल्नका लागि जान्छन् र क्वालिटी टाइम बिताउँछन् । तर सो क्लबमा महिलालाई प्रवेश निषेध गरिएको छ । यसो गर्नुका पछाडिको कुनै खास कारण अहिलेसम्म खुलाइएको छैन ।
  • माउन्ट एथोस, ग्रिस : ग्रीसको एक अग्लो पहाड माउन्ट एथोसमा एउटा यस्तो ठाउँ छ जहाँ धेरै इसाई पादरीहरु बस्दछन् र बाइबल पढिरहन्छन् । ती पादरीहरुले त्यहाँ महिलालाई जान प्रतिबन्ध लगाएका छन् । महिलाहरुको प्रवेशले आफुहरुको ज्ञानको मार्ग सुस्त हुने भन्दै उनीहरुले महिलालाई बन्देज लगाएका हुन् ।
  • इरानी खेल रंगशाला : इरान एक कट्टर मुस्लिम देश हो । त्यहाँ महिलालाई रंगशालामा गएर खेल हेर्न बन्देज छ । फुटबल लगायतका खेलमा जाँगे लगाएर खेलिरहेका पुरुष खेलाडिहरुलाई देख्दा महिलामा खराब असर पर्ने र इस्लामप्रतिको आस्था कमजोर हुने धार्मिक मान्यताका त्यस्तो धार्मिक कानून लागू गरिएको हो । त्यस्तो बन्देज सन् १९७९ देखि सुरु भएको हो ।
  • सबरीमाला, भारत : केरलामा रहेको सबरीमाला मन्दिरमा १० देखि ५० वर्ष उमेरका महिलालाई प्रवेश दिइँदैन । महिनावारी रोकिएका वृद्धा महिलाहरु मात्रै त्यहाँ जान पाउँछन् । मन्दिरमा विराजमाज अयप्पा स्वामी ब्रम्हचारी भएको हुनाले प्रजनन उमेरका वा रजश्वला हुने महिलालाई त्यहाँ बन्देज लगाइएको बताइन्छ । यद्यपि भारतको सर्वोच्च अदालतले भने सो मन्दिरमा महिलालाई प्रवेश दिन आदेस दिइसकेको छ ।
  • पतबौसी मन्दिर, असम : भारतको असममा रहेको सो मनिदरमा १२ देखि ४५ वर्ष उमेरका महिला प्रवेश गर्न पाउँदैनन् । रजश्वला उमेरका महिलाको प्रवेशले मन्दिर अशुद्ध हुने धार्मिक मान्यताका कारण मन्दिर प्रशासनले त्यस्तो रोक लगाएको हो । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?