+
+

मुख्यमन्त्री जमरकट्टेलले गरे ‘जनयुद्धमा धादिङ’ पुस्तक लोकार्पण

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २३ गते १४:५४

धादिङ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले ‘जनयुद्धमा धादिङ’ पुस्तक लोकार्पण गरेका छन् । शनिबार धादिङबेसीमा लोकार्पण गरिएको पुस्तकमा १० वर्षको सशस्त्र द्वन्द्वको क्रममा धादिङ जिल्लाभित्र भएका घटनाक्रम र क्षति विवरण समेटिएको छ ।

२०५२ देखि २०६२ सालसम्म सञ्चालित द्वन्द्वमा धादिङ जिल्लाभर भएको जनधनको क्षति विवरण पुस्तकमा समेटिएको छ । पुस्तकमा राज्यपक्ष र द्वन्द्वरत पक्षद्वारा हत्या गरिएका सर्वसाधारण, दलका नेता कार्यकर्ता, सेना, प्रहरी लगायतको विवरणका साथै बेपत्ता नागरिकको विवरण पनि उल्लेख छन् ।

द्वन्द्वका कारण अभिभावक गुमाएका र विस्थापित भएका नागरिकको विवरण सहित संस्मरणहरु र ऐतिहासिक तस्विरहरु समावेश गरिएका छन् । पुस्तकमा द्वन्द्वको १० वर्षमा धादिङमा ज्यान गुमाएका १९३ जना, द्वन्द्वका क्रममा विस्थापित भएका व्यक्ति तथा परिवारका ५ सय ५८ जना, अपाङ्गता भएका व्यक्ति तथा परिवार ५१ जना, अपहरणमा परेका ३३ जना, टुहुरा भएका ७ जनाको विवरण छ ।

प्रकाशक संस्था एनएस मिडियाका प्रबन्धक तथा प्रधान सम्पादक नारायण सिलवालका अनुसार पुस्तकमा उल्लेखित विवरण शान्ति तथा पुनर्निर्माण मन्त्रालय अन्तरगत द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनाको लगत संकलन कार्यदलबाट लिइएको हो ।

पुस्तक लोकार्पण गर्दै मुख्यमन्त्री जम्कट्टेलले १० वर्षे जनयुद्धको घटनाक्रम समेटिएको पुस्तकले एउटा इतिहास समेटेको बताए । ‘सशस्त्र संघर्ष जनयुद्व व्यवस्था र राज्य परिवर्तनसँग जोडिएको इतिहास हो’ उनले भने, ‘यो इतिहास हामी सबैले स्वीकार गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?