+
+

सत्ता गठबन्धनको छलफलमा बजेटबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २३ गते १९:२८

२३ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकमा संसदमा आइतबार प्रस्तुत हुने आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल भएको छ ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा संसदको बजेट अधिवेशन, बजेटमा सरकारका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल भएको नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

उनका अनुसार बजेट अधिवेशनमा संसदलाई कसरी प्रभावकारी बनाउने भन्ने विषमया छलफल भएको हो । त्यस्तै संघीय निजामती सेवा ऐन, संघीय शिक्षा ऐनलगायतका महत्वपूर्ण विधेयकहरुका विषयमा पनि छलफल भएको उनले बताए । ‘विषयगत समितिलाई कसरी अघि बढाउने र सर्वोच्चमा प्रधानन्यायाधीशको नियुक्तिलाई कसरी अघि बढाउने भन्नेबारेमा पनि छलफल भयो’ उनले भने ।

प्रमुख सचेतक पाण्डेले प्रधानमन्त्रीले तत्काल विश्वासको मत लिनुपर्ने आवश्यकता नरहेको पनि बताए । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

सरकारलाई समर्थन गर्ने दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर सत्तारुढ दलहरुले सरकारसँग प्रष्ट बहुमत रहेकाले विश्वासको मत लिइरहनु नपर्ने तर्क गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?