+
+

अस्ट्रेलियन ओपनमा दिवसलाई स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २३ गते २०:३६

२३ वैशाख, अस्ट्रेलिया । अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा नेपालका दिवश श्रेष्ठले स्वर्ण पदक जितेका छन् । उनले ८४ केजीमाथिको तौल समूहमा नेपालाई स्वर्ण दिलाएका हुन् ।

दिवस फाइनलमा न्यु क्यालेडोनियाका फ्लोरेन्टलाई हराउँदै स्वर्ण जिते । दिवसले घरेलु भुमरीमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा रजत जितेका थिए ।

यस्तै नेपालले थप चार कास्य पदक जितेको छ । ६७ केजीमुनिको तौल समूहमा नवीन रसाईली र राजीव पुडासैनीले कास्य जिते । नवीन १३औं सागका स्वर्ण पदक विजेता हुन् भने राजीव सागका कांस्य पदक विजेता खेलाडी हुन् ।

६० केजीमुनिको तौल समूहमा मनिष थापा क्षेत्री कास्य जिते । महिलातर्फ ५५ केजीमुनिको तौल समूहमा मलिका थापा क्षेत्रीले कास्य जितिन् । शेखर श्रेष्ठ क्वार्टरफाइनलमा अस्ट्रेलियन खेलाडीसंग पराजित भए ।

सुशील पौडेल भने स्वास्थ्य समस्याका कारण खेलमा उपस्थित हुन नसकेको १३औं सागका दोहोरो स्वर्णधारी विजेता तथा प्रशिक्षक मन्देकाजी श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?