+
+

विश्व पासवर्ड दिवस २०२३ : यसरी बनाउनुहोस् बलियो पासवर्ड

एजेन्सी एजेन्सी
२०८० वैशाख २४ गते ९:१७

धेरैलाई जानकारी नहुन सक्छ कि हरेक वर्ष मे ४ का दिन विश्व पासवर्ड दिवस मनाइन्छ । मानिसहरुको इन्टरनेटमा निर्भरता तथा व्यस्तता बढ्दै जाँदा साइबर अपराधको जोखिम पनि बढिरहेको छ । विभिन्न अनलाइन अकाउन्टहरु ह्याक भई डाटा चोरी हुने तथा बैंक अकाउन्टबाट पैसा समेत चोरिने घटनाहरु हुने गरेका छन् । तर यति हुँदाहुँदै पनि मानिसहरु आफ्नो पासवर्ड प्रति उतिसारो सतर्क नभएको हालै प्रकाशित एक अन्तर्राष्ट्रिय रिपोर्टले देखाएको छ ।

कतिपय इन्टरनेट प्रयोगकर्ता यस्ता पनि छन् जसले निकै कमजोर पासवर्ड प्रयोग गर्दछन् । त्यस्ता कमजोर पासवर्डलाई सजिलैसँग ह्याक गर्न सकिन्छ । ह्याकरहरुले त्यस्ता पासवर्डलाई मिनेटभन्दा पनि कम समयमा पत्ता लगाएर अकाउन्ट ह्याक गरिदिन्छन् ।

आफ्नो अकाउन्टलाई सुरक्षित राख्न र ह्याकरको फन्दामा पर्नबाट जोगिनका लागि हामीले आफ्नो अकाउन्टको पासवर्ड सुरक्षित तथा बलियो बनाउनै पर्दछ । यसका लागि हामीले पासवर्ड सिर्जना गर्ने बेामा केही कुराहरुमा ध्यान दिनु आवश्यक हुन्छ । जस्तैः

· धेरै अकाउन्टमा एउटै पासवर्डको प्रयोग नगर्नुहोस् : आफ्ना विभिन्न अनलाइन अकाउन्ट अर्थात् प्लाटर्फमका लागि सधै फरक फरक पासवर्ड राख्नुहोस् । हुनत एउटा सामान्य पासवर्ड सेट गर्दा सम्झना गर्न सजिलो हुन्छ । तर सबै अकाउन्टमा त्यही सजिलो पासवर्ड राख्दा यदि पासवर्ड लिक भएमा सबै अकाउन्टहरु ह्याक हुने जोखिम रहन्छ । सजिलो अर्थात् कमजोर पासवर्डलाई ह्याकरहरुले एक सेकेण्ड भन्दा पनि कम समयमा क्रयाक गरिदिन सक्छन् । त्यसैले यदि तपाईंका विभिन्न सोसल मिडिया प्लाटर्फम वा अन्य अनलाइन अकाउन्टहरु छन् भने सबैको एउटै पासवर्ड राख्ने काम नगर्नुहोस् ।

· क्रमरहित अर्थात् random शब्दको प्रयोग गर्नुहोस् : अक्षर, अंक तथा चिह्नको मिश्रणबाट तयार गरिएको पासवर्ड अरु कसैले अनुमान लगाएर मिलाउन गाह्रो पर्दछ । त्यस्तो पासवर्ड राखिएको अकाउन्ट त्यसैले ह्याक हुने जोखिम पनि कम हुन्छ । त्यसैले त्यस्तो मिश्रित पासवर्ड प्रयोग गर्नुहोस् जसमा अक्षर, संख्या तथा चिह्न सबै होस् ।

· लामो पासवर्ड राख्नुस् : छोटो पासवर्ड अनुमान गर्न सजिलो हुन्छ र साइबर अपराधीहरु तपाइँको अकाउन्टमा छिर्ने जोखिम रहन्छ । त्यसैले पासवर्ड राख्दा कम्तिमा पनि ८ देखि १२ वटा अक्षरसम्मको पासवर्ड राख्नुहोस् । लामो पासवर्ड ह्याक गर्न पनि उति नै गाह्रो पर्दछ ।

· 2FA/MFA  फिचरको प्रयोग गर्नुहोस् : पासवर्ड लामो तथा जटिल राख्नुका अलावा त्यसलाई अतिरिक्त रुपमा सुरक्षित बनाउनु पनि आवश्यक हुन्छ । अधिकतम प्लाटर्फमहरुले इमेल तथा फोन नम्बर आदिको माध्यमबाट ओटीपी जस्ता अतिरिक्त सुरक्षा अप्सन प्रदान गर्दछन् । पासवर्डको चोरी वा ह्याकबाट बँच्नका लागि आफ्नो फोनमा टू फ्याक्टर अथेन्टिकेसनको प्रयोग गर्न सकिन्छ । यसो गरेमा यदि कुनै ह्याकरले तपाइँको पासवर्ड थाहा पायो भने पनि तपाइँको अकाउन्टमा लगइन गर्न सक्दैन जबसम्म उसलाई ओटिपी प्राप्त हुँदैन ।

· पासवर्ड कतैपनि नलेख्नुहोस् : आफ्नो अकाउन्टको पासवर्डलाई कागजमा लेखेर राख्ने काम नगर्नुहोस् । साथै फेसबुक, ह्वाट्सएप आदिको च्याटमा पनि पठाउनु हुँदैन । यदि तपाइँले पासवर्डलाई कहीँ नोट गर्नुछ भने आफ्नो फोनमा पासवर्ड म्यानेजर सफ्टवेयर राख्न सक्नुहुन्छ । कहिलेकाहीँ हामीले आफ्नो अकाउन्टको पासवर्ड फोनमा पनि नोट गरेर राखेका हुन्छौँ । यसो गर्दा तपाईंको पासवर्ड जोकोहीले पनि देख्नसक्ने र त्यसको गलत प्रयोग गर्नसक्ने जोखिम हुन्छ ।

· भुलेर पनि नराख्नुस् यस्ता पासवर्ड : केही पासवर्डहरु त्यस्ता छन् जसलाई विश्वमा ठूलो संख्यामा मानिसहरुले प्रयोग गरिरहेका छन् । ती पासवर्डलाई दुनियाकै कमजोर पासवर्ड पनि भनिन्छ । धेरै मानिसले प्रयोग गरेका ती कमजोर पासवर्डहरु प्रायः ह्याकरको निसानामा पर्दछन् । त्यसैले तपाईंले पनि आफ्ना अकाउन्टमा 123456,12345678,bigbasket, 123456789, pass@123, abcd1234,googledummy, India@123, p@ssw0rd, 987654321 जस्ता पासवर्ड भुलेर पनि नराख्नुस् । यस्ता पासवर्डलाई ह्याकरहरुले सेकेण्डभरमै ह्याक गरिदिन सक्छन् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?