 
																			२४ वैशाख, काठमाडौं । सभामुख देवराज घिमिरेले संसद बैठकमा सांसदहरुको उपस्थिति कमजोर भएको गुनासो गरेका छन् ।
संघीय संसदको वर्षे अधिवेशन (बजेट अधिवेशन) आइतबार सुरु हुँदैछ । बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले सांसदहरुको उपस्थितिबारे प्रश्न उठाएका हुन् ।
‘संसदमा माननीयहरुको उपस्थिति कमजोर भएको छ । सांसद तलब भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ छ’, सभामुखको भनाइबारे उनको सचिवालयले भनेको छ, ‘दल तथा माननीयज्यूहरुलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउँदछु ।’
प्रतिनिधिसभाको अघिल्लो अधिवेशनमा दुई वटा बैठकमा गणपूरक संख्या नपुगेर विधेयक अगाडि बढाउने प्रक्रिया रोकिएका थिए । यस्तो समस्या आउन नदिनेतर्फ सबै सचेत हुुनुपर्ने सभामुख घिमिरेको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4