+
+

पाटन अस्पतालमा तीन दिनको शिशुको ट्युमरको सफल शल्यक्रिया

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २५ गते १७:११
ट्युमरको सफल शल्यक्रिया गरिएको शिशु

काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा तीन दिनको शिशुको ट्युमरको सफल शल्यक्रिया गरिएको छ ।

वैशाख १८ गते जन्मिएको शिशुको कम्मरभन्दामुनि १२ सय ग्रामको ट्युमर देखिएपछि वैशाख २१ गते शल्यक्रिया गरिएको न्युरोसर्जन डा. रुपेश राउतले जानकारी दिए ।

‘फेटिफर्म स्याक्रोकेक्सिजियल टेराटोमा ’ नामक जटिकल प्रकारको ट्युमर देखा परेकाले जन्मिएको तीन दिनमै शल्यक्रिया गरिएको उनले बताए ।

‘भ्रूण बन्ने क्रममा जुन ठाउँमा कोषहरु बन्नुपर्ने हो, त्यहाँ नबनेर अन्यत्रै गएर बनेर यस्तो समस्या आएको हो,’ डा. राउतले भने, ‘बच्चाको रक्तनलीहरु त्यो ट्युमरका लागि पनि बन्ने भएकाले मुटुलाई असर गर्ने सम्भावना हुन्थ्यो । त्यसैले ट्युमरको शल्यक्रिया गरिहाल्नुपर्ने अवस्था आयो ।’

ट्युमरको शल्यक्रिया न्युरोसर्जन प्रा. डा. प्रकाश विष्ट, डा. राउत, डा. दिनुज श्रेष्ठ, प्लास्टिक सर्जन डा. प्रयाश चन्द, एनेस्थेसिया लगायतको टिमले गरेको हो । पाटन अस्पतालमा न्युरोसर्जरी विभाग सुरु भएको एक वर्षमा १३५ वटा सफल शल्यक्रिया भइसकेको डा. राउतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?