+
+

निलम्बन फुकुवापछि मेसी प्रशिक्षणमा फर्किए

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २५ गते १७:२०

२५ वैशाख, काठमाडौं । अर्जेन्टिनी फुटबलर लियोनल मेस्सी निलम्बन फुकुवापछि पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षणमा फर्केका छन् ।

क्लबसँग अनुमति नलिई साउदी अरेबियाको भ्रमण गरेको भन्दै फ्रेन्च च्याम्पियन पीएसजीले मेस्सीलाई गत बुधबार दुई साताको लागि निलम्बन गरेको थियो ।

तर अर्जेन्टाइन कप्तान मेस्सीले भ्रमणको लागि क्लब र टिममेटसँग माफी मागेपछि उनको निलम्बन फुकुवा भएको डेली मेलले जनाएको छ । पीएसजीले सोमबार बिहान मेस्सी प्रशिक्षणमा पर्केको भन्दै फोटो पोस्ट गरेको छ ।

पीएसजीले विश्व विजेता मेस्सीलाई दुई साताको निलम्बन सहित पारिश्रमिकमा समेत केही कटौती गरेको थियो ।

तर मेस्सी सोमबार मैदान फर्किएका हुन् ।

निलम्बनका कारण मेसीले आइतबार लिग वानमा ट्रोय विरुद्धको ३-१ को जित हात पारेको खेल गुमाएका थिए ।

अब भने मेसीले आगामी शनिवार अजासियो विरुद्ध घरेलु मैदानमा खेल्न सक्ने छन् । हाल पीएसजी लिग वानमा दोस्रो स्थानको लेन्समाथि ६ अंकको अग्रता बनाउँदै उपाधि होडमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?