+
+

एसिया कप क्रिकेट पाकिस्तानबाट श्रीलंका सर्न सक्ने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते ६:२२

२६ वैशाख, काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा हुने एसिया कप क्रिकेट प्रतियोगिता पाकिस्तानको सट्टा श्रीलंकामा आयोजना हुने सम्भावना बढेको छ ।

पछिल्लो समय भारत-पाकिस्तानबीच बढ्दै गएको विवादका कारण पाकिस्तानमा एसिया कप नहुने सम्भावना बढेको हो । भारतीय अनलइन इन्डियन एक्सप्रेसले एसिया कप श्रीलंकामा हुन सक्ने समाचार प्रकाशित गरेको छ ।

यसअघि आयोजकको रुपमा तोकिएको पाकिस्तानमा गएर भारतले नखेल्ने बताएपछि एसिया कप आयोजना नै अन्योलमा परेको छ ।

भारतीय क्रिकेट बोर्ड बीसीसीआईका सचिव जय शाह (जो एसीसीका अध्यक्षसमेत हुन्) ले भारतीय टिम बोर्डर क्रस गरेर पाकिस्तान नजाने बताएपछि आयोजनास्थल नै सार्ने निर्णय गर्नुपर्ने अवस्था आएको हो ।

पाकिस्तानले आयोजना स्थल सार्न नहुने र भारत-पाकिस्तानबीचको खेल यूएईमा गर्न हाइब्रिड प्रस्ताव गरेको थियो । तर त्यो प्रस्तावमा पनि भारत सहमत भएको छैन ।

एसिया कप आयोजनाको स्थलको टुङ्गो यसै महिनाको अन्तिमसम्म लाग्ने सक्ने इन्डियन एक्सप्रेसले समाचारमा उल्लेख गरेको छ ।

श्रीलंका, बंगलादेश र अफगानिस्तानले एसिया कप पाकिस्तानबाट सार्नुपर्ने पक्षमा रहेको विभिन्नत रिपोर्टले जनाएको छ ।

पछिल्लो विकसित घटनाक्रमले एसिया कपमा पाकिस्तानको सहभागिता नै अन्योलमा परेको छ ।

नेपालले पनि यसपटक एसिया कप खेल्दैछ ।

घरेलु मैदानमा सम्पन्न एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान पक्का गरेको नेपाल दुई ठूला राष्ट्र भारत र पाकिस्तान रहेको समूहमा छ । भारत र पाकिस्तानसँग खेल्न नेपाल उत्साहित छ ।

तर भारत-पाकिस्तानकै विवादका कारण एसिया कप हुने/नहुने वा कहाँ हुने नै अन्योलमा छ ।

पाकिस्तानले एसिया कप जसरी पनि आफ्नै ऐमिमा गर्ने इच्छा देखाइरहँदा भारत भने अन्य टिमको साथ खोजिरहेको छ ।

भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि पाकिस्तानले हाइब्रिड मोडल सार्वजनिक गर्दै भारतको खेल यूएईमा गर्ने प्रस्ताव गरेको थियो ।तर यस विषयमा पनि ठोस निर्णय हुन सकेको छैन ।

यस्तै एसिया कप हुने समय सेप्टेम्बरमा यूएईमा धेरै गर्मी हुने भएकोले अन्य सहभागी राष्ट्रले वान डे विश्वकपको एक महिनाअघि गल्फ राष्ट्र खेल्न सहमत नहुने बताइएको छ ।

एसीसी सदस्यहरुको पछिल्लो बैठकमा ओमानले समेत एसिया कप आयोजना गर्ने चासो देखाएको थियो । तर कन्डिसन अनुसार श्रीलंका नै उपयुक्त आयोजना स्थल हुने धेरै टिमको विश्वास छ ।

पहिलो पटक एसिया कप खेल्ने तयारीमा रहेको नेपाल भने जसरी पनि एसिया कप हुनुपर्ने पक्षमा छ । भार-पाकिस्तान जस्तो ठूलो टिमसँग एकै पटक प्रतिस्पर्धा गर्न पाउनु नेपाली क्रिकेटको लागि ऐतिहासिक अवसर हुनेछ ।

एसिया कपमा पाँच टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै छनोट भएर आएको नेपालले खेल्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?