+
+

जब चन्द्रमामा परमाणु बम पड्काउने क्रेजी योजना बन्यो !

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते १०:०७

सन् १९५० को दशकमा जब निश्चित तवरले सोभियत संघ अन्तरिक्षमा सफलता प्राप्त गर्ने दौडमा अगाडि बढिरहेको थियो त्यसबेला अमेरिकी वैज्ञानिकहरुले एउटा अनौठो परियोजनाका बारेमा विचार गर्न थाले । उक्त परियोजना चन्द्रमामा परमाणु बम विस्फोट गरी सोभियत संघलाई तर्साउने थियो ।

अन्तरिक्षयात्री निल आर्मस्ट्रंगले सन् १९६९ मा चन्द्रमाको सतहमा पाइला राखेको क्षण मानव इतिहासको सबैभन्दा स्मरणीय क्षणहरु मध्ये एक हो ।

तर यदि त्यहीँ चन्द्रमा जसमा आर्मस्ट्रंगले पाइला राखेका थिए, त्यसमा ठूलो खाडल परेको वा परमाणु आक्रमणका कारण त्यसको वातावरण विषाक्त भएको थियो भने आखिर के हुन्थ्यो होला ?

ए स्टडी अफ लूनर रिसर्च फ्लाइट्स नामक शोधपत्रको भाग १ सरसर्ती पढ्दा त्यो निकै प्रशासनिक तथा शान्तिपूर्ण जस्तो लाग्दछ । यो यस्तो शोधपत्र थियो जसलाई तपाईं शीर्षक पढेपछि सजिलैसँग बुझ्न सक्नुहुन्थ्यो र सायद यसका लेखकको पनि यहीँ चाहना थियो । तर जब तपाईं त्यसको मुखपृष्ठमा रहेको तस्वीर हेर्नुहुन्छ तब स्थिति फरक बन्छ ।

त्यसको बीच भागमा एउटा परमाणु, परमाणु बम र परमाणु विस्फोटपछि उत्पन्न हुने च्याउ आकारको मुस्लो (मसरुम क्लाउड) रहेको छ । यो वास्तवमा कर्टल्याण्ड एयरफोर्स बेस नामक न्यु मेक्सिकोको एयरफोर्सको विशेष हतियार केन्द्रको प्रतिक पनि हो । उसले परमाणु हतियारको परीक्षण तथा विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

त्यसको तलपट्टि लेखकको नाम छ-एल रिफेल अर्थात् लेनर्ड रिफेल । उनी अमेरिकाका लोकप्रिय परमाणु वैज्ञानिक हुन् ।

ती भौतिक वैज्ञानिकले एनरिको फर्मीसँगै काम गरेका थिए जसले विश्वको पहिलो न्युक्लिएर रिएक्टर बनाएका थिए । एनरिको फर्मी न्युक्लिएर बमका पिता मानिन्छन् ।

प्रोजेक्ट ए ११९ को नामले चिनिने उक्त परियोजनामा सो प्रस्ताव अत्यन्तै गोप्य रुपमा पेश गरिएको थियो । त्यस अन्तरगत चन्द्रमामा हाइड्रोजन बम खसाल्ने योजना थियो ।

हाइड्रोजन बम सन् १९४५ मा हिरोसिमा तथा नागासाकीमा खसालिएका परमाणु बमभन्दा निकै विनाशकारी मानिन्छ ।

वरिष्ठ अधिकारीहरुबाट उक्त परियोजनालाई छिटोभन्दा छिटो कार्यान्वयन गर्ने निर्देशन भएपश्चात् राफेलले सन् १९५८ को मे तथा सन् १९५९ को जनवरी महिनाको बीचमा परियोजनाको सम्भाव्यताका विषयमा विभिन्न रिपोर्टहरु पेश गरेका थिए ।

एक वैज्ञानिक जो यो अन्यन्तै विनाशकारी परियोजनाको योजना निर्माणमा सामेल थिए, उनी कार्ल सेगन थिए, जो पछि चर्चित बने ।

वास्तवमा यस्तो खालका परियोजना पनि रहेको बारेमा पहिलोपटक सन् १९९० मा जानकारी सार्वजनिक भएको थियो जब सेगनले एक चर्चित विश्वविद्यालयमा आफ्नो आवेदनमा यसबारेमा उल्लेख गरे ।

यो परियोजनाको एउटा उद्देश्य चन्द्रमाको बारेमा विभिन्न महत्वपूर्ण प्रश्नहरुको जवाफ खोज्नु थियो । तर प्रोजेक्ट ए ११९ को मुख्य उद्देश्य चाहीँ अमेरिकाको शक्ति प्रदर्शन नै थियो ।

सो बम चन्द्रमाको टर्मिनेटर लाइनमा विस्फोट गराइने थियो जुन रेखा उज्यालो र अँध्यारो भागको बीचको सीमानामा पर्दछ । यसको उद्देश्य चाहीँ विस्फोटबाट प्रकाशको यस्तो तेज चमक पैदा गर्नु थियो जसलाई कुनै उपकरण विना नै पृथ्वीबाट मानिसहरुले देख्न सकून् । त्यहाँ वातावरणको अनुपस्थितकिा कारण मसरुम क्लाउड बन्ने सम्भावना थिएन ।

यो परियोजनाको एक अर्को कारणचाहिं अमेरिकाको हतास मनस्थिति पनि थियो जो अन्तरिक्ष विज्ञानमा रुसभन्दा अगाडि जान सकेको थिएन ।

सन् १९५० मा यस्तो लाग्दैनथ्यो कि अमेरिकाले शीतयुद्ध जित्नेछ । अमेरिकामा राजनीतिक तथा आम मानिसको राय थियो कि सोभियन युनियन परमाणु हतियार बनाउनमा अमेरिकाभन्दा अगाडि छ । विशेषगरी उसका परमाणु हतियारहरुको विकास, परमाणुबम तथा मिसाइलको संख्या अमेरिकाको भन्दा धेरै थियो ।

सन् १९५२ मा अमेरिकाले पहिलो हाइड्रोजन बमको प्रयोग गरेको थियो । तीन वर्षपछि सोभियत संघले आफ्नो हाइड्रोजन बमको प्रयोगबाट वाशिंटनलाई तिनछक पारिदियो । सन् १९५७ मा सोभियत संघले अन्तरिक्षको दौडमा वर्चस्व हासिल गर्दै स्पुतनिक १ अन्तरीक्षयान प्रक्षेपण गर्यो, जुन पृथ्वीको चारैतर्फ परिक्रमा गर्ने पहिलो कृत्रिम उपग्रह हो ।

स्पुतनिक लञ्च गर्नुभन्दा अघि सोभियत संघको तर्फबाट इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरिएको थियो र अमेरिकाको तर्फबाट एक कृत्रिम चन्द्रमा लञ्च गर्ने प्रयोग एक ठूलो विस्फोटपछि नराम्रोसँग असफल भएको थियो ।

उक्त विस्फोट तथा त्यसको भेंगार्ड रकेटमा लागेको आगो भिडियो मार्फत संसारभर हेरिएको थियो ।

त्यसबेला एक बेलायती समाचार पत्रमा लेखिएको थियो – द भेन्गार्ड निकम्मा भएको छ । यो निसन्देह एक ठूलो धक्का हो, विशेषगरी प्रोपोगाण्डा तथा प्रतिष्ठाको समयमा ।

त्यसबेला अमेरिकाले स्कुलमा पढ्ने विद्यार्थीहरुलाई चर्चित डक एण्ड कभरसम्बन्धी जानकारीमूलक भिडियोहरु देखाउने गरेको थियो । त्यसमा बर्ट नामक एनिमेटेड कछुुवाले बच्चाहरुलाई परमाणु हमलाको स्थितिमा के गर्नुपर्छ भनेर सिकाउन सहयोग गर्दथ्यो ।

त्यहीँ वर्ष अमेरिकी अखबारहरुमा एकजना वरिष्ठ खुफिया सूत्रको हवाला दिँदै एउटा खबर छापियो । त्यसमा नोभेम्बर ७ मा क्रान्तिको वर्षगाँठको अवसरमा रुसले चन्द्रमामा हाइड्रोजन बम खसाउने योजना बनाइरहेको दाबी गरिएको थियो ।

द डेली टाइम्स नामक सो पत्रिका ओहायोस्थित न्युफिलाडेल्फियामा पनि छापिन्थ्यो । त्यसपछि सोभियत संघले अमेरिकाको सबैभन्दा नजिकको छिमेकीमाथि परमाणु हतियार लादिएको रकेटबाट हमला गर्ने योजना बनाइरहेको छ ।

शीतयुद्धसँग सम्बन्धित अफवाहहरु जस्तै यो कहिले फैलियो र त्यसको सुरुवात कहाँ भएकेा हो भन्ने बारेमा कसैलाई थाहा छैन ।

अनौठो त के भने सोभियत संघले पनि यस बारेमा योजना तयार गर्न बाध्य भयो । अमेरिकी योजनाको कार्बन कपीकै रुपमा रहेको सो परियोजनाको नाम इ फोर थियो ।

पछि सोभियत संघले पनि उक्त मिसन रद्द गर्‍यो । मिसन असफल भएमा सोभियत भूमिमै बम खस्नसक्ने खतराका कारण यस्तो निर्णय लिइएको हुनसक्छ ।

त्यसैले यसका कारण अत्यन्तै अनावश्यक अन्तर्राष्ट्रिय दुर्घटनाको खतरा हुनसक्ने निष्कर्ष निकालियो ।

सायद उनलाई यो कुराको अनुमान थियो कि चन्द्रमामा अवतरण गर्नु निकै ठूलो काम हो । यद्यपि प्रोजेक्ट ए ११९ सफल पनि हुनसक्थ्यो ।

सन् २००० मा राफेलले यस विषयमा कुरा गरे । उनले यस कराको पुष्टि गरेका थिए कि यो परियोजना प्राविधिक रुपमा सम्भव छ र यो विस्फोट पृथ्वीमा पनि प्रष्टसँट देखिनेछ ।

वैज्ञानिकहरुका आशंकाबा बाबजुत पनि अमेरिकी वायुसेना के कुरामा ढक्क थियो भने त्यसबाट चन्द्रमाको स्वच्छ सफा वातावरण बिग्रिने छैन ।

विज्ञान तथा परमाणु प्रविधिको इतिहासमा काम गर्ने एलेक्स भेलर्सटीनका अनुसार प्रोजेक्ट ए ११९ स्पुतनिकको प्रक्षेपणको विरुद्धमा आएका विभिन्न विचारहरुमध्ये एक थियो ।

त्यसमा स्पुतनिकलाई गोली हान्ने योजना पनि थियो जुन सुन्दैमा निकै गलत लाग्दछ । तर अन्तिममा पनि आफ्नो उपग्रह बनाउने बारेमा सोचियो र त्यसमा केही समय लगाए । यद्यपि उनीहरुले यो परियोजनार्ला निकै गम्भीरतापूर्वक सन् १९५० को अन्तसम्म जारी राखे ।

यद्यपि सो रवैयामा भियतनाम युद्धसम्म धेरै आत्म निरीक्षण भएको हुनुपर्छ ।

अन्तरिक्षको पृष्ठभूमिमा अन्तर्राष्ट्रिय सम्बन्धहरुका बारेमा कुरा गर्दै ब्लेडिन बोवेन भन्छन्- प्रोजेक्ट ए ११९ ले मलाई कार्टून द सिम्पसन्स को त्यस कडीतर्फ ध्यानाकृष्ट गर्दछ जसमा लिसा नेल्सनको कोठाको भित्तामा न्यून द व्हेल्स पोस्टर देखिन्छ र त्यसमा तपाईंको कुनै चिजमा परमाणु बम खसाल्नु थियो भनेर लेखिएको हुन्छ ।

त्यो निकै गम्भीर परियोजना थियो । तर त्यसका लागि आवश्यक बजेट प्राप्त भएन । अन्तरिक्ष अध्ययनबाट पाखा लगाइएसँगै यसले सम्बन्धित निकायको ध्यान पनि तान्न छाड्यो । यो सन् १९५० को अन्त तथा सन् १९६० को सुरुवातमा अन्तरिक्षसँग सम्बन्धित एक पागलपनको समय थियो । किनकि त्यसबेला कसैलाई पनि अन्तरिक्ष युगको भविष्य के होला भनने थाहा थिएन ।

यदि दोस्रो पटक कहिल्यै चन्द्रमामा पुग्ने बारेमा यस प्रकारको पागलपन देखाइयो भने त्यसलाई अहिले विश्वव्यापी अन्तरिक्ष कानूनको उल्लंघन गरेको ठहरिन्छ ।

अन्तर्राष्ट्रिय सहमतिका बाबजुत के यस प्रकारका परियोजनाहरु पुनः अगाडि बढाइन सक्छन् ?

वास्तवमा अमेरिकाले चन्द्रमामा अनुसन्धान गर्नका लागि अमेरिकी अन्तरिक्ष बलको मिसनको सहयोग लिने कुरा पेन्टागनले बताउने गरेको छ ।

त्यस्तै यदि अमेरिकाले यस्ता खालका कल्पनाहरुलाई अहिले महत्व नदिनुको अर्थ चीनले यसलाई महत्व दिँदैन भन्ने होइन ।

प्रोजेक्ट ए ११९ को विस्तृत जानकारी आजपनि रहस्यकै रुपमा रहेको छ । यस्तो लाग्छ कि त्यसका प्रायः अभिलेखहरु नष्ट गरिएका थिए ।

सायद यसबाट सिक्ने सबैभन्दा ठूलो सबक भनेको चाहिं शीर्षक आकर्षक छैन भन्ने निहुँमा कुनै पनि शोधपत्रलाई नजरअन्दाज गर्नु हुँदैन भन्ने नै हो ।

-बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?