+
+

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते १०:२४

२६ वैशाख, काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी बैठकमा भएको छलफलको विषय सार्वजनिक भइसकेको छैन । तर प्रधानमन्त्रीको सचिवालयले भने समसामयिक राजनीतिबारे छलफल भएको जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘हाई प्रोफाइल’ नेताहरु मुछिएका बेला शीर्ष नेताहरुबीच भएको भएको बैठक अर्थपूर्ण मानिएको छ । यो प्रकरणमा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल, सचिव टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायतको नामसमेत मुछिएपछि राजनीति तरंगित  छ । यद्यपि कांग्रेस–एमालेले यसबारे चित्तबुझ्दो जवाफ दिन सकेका छैनन् ।

नक्कली शरणार्थी प्रकरणमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसअघि दुई पटकसम्म प्रधानमन्त्री प्रचण्डलाई भेटेर छलफल गरेका थिए । उनले कसैलाई चोख्याउने र कसैलाई दण्डित गर्ने नियत राखिएको भन्दै सरकारको आलोचना गर्दै आएका छन् । हाल एमाले सचिव रायमाझी फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?