+
+
Shares

प्रदेश खारेज नगरेसम्म नेपालको अर्थतन्त्र ठीक ठाउँमा आउँदैन : राजेन्द्र लिङ्देन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते १५:०५

२६ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश खारेज नगरेसम्म नेपालको अर्थतन्त्र ठीक ठाउँमा नआउने बताएका छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले पेश गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथि मंगलबार प्रतिनिधिसिभामा धारणा राख्दै लिङ्गदेनले सबैभन्दा अनुत्पादक क्षेत्र संघीयता भएको जिकिर गरे ।

‘इमान्दारितापूर्वक भन्ने हो भने हाम्रो अनुत्पादक क्षेत्र भनेको हिजो आन्दोलनको रापतापमा ल्याएको प्रणाली हो । अहिलेको प्रणालीमा हामीले संशोधन नगरेसम्म यति ठूलो संख्याको जनप्रतिनिधिको संख्या कटौती नगरेसम्म, यो प्रदेश भन्ने खारेज नगरेसम्म हाम्रो अर्थतन्त्र ठीक ठाउँमा आउँदैन, अनुत्पादक क्षेत्र सबैभन्दा ठूलो यो क्षेत्र हो’ उनले भने ।

अध्यक्ष लिङ्देनले विगतमा असल विचारका साथ संघीयता ल्याएको भए पनि अहिले सबैलाई ठीक भएन भन्ने लागेको पनि जिकिर गरे । ‘त्यसकारण हामीले आँट गरौं । हिजो हामीले सुविचारका साथ यो ल्यायौं होला तर यो ठीक भएन भन्ने सबैको मनमा छ’ लिङ्देनले भने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?