+
+

रानी महलमा हुने राष्ट्रिय बीच भलिबलको तयारी पूरा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते १६:२४

२६ वैशाख,  काठमाडौं । खेलकुद र पर्यटन क्षेत्रलाई एकसाथ जोड्ने उद्देश्यले पाल्पाको रानीमहलमा सुरुवात गरिएको राष्ट्रिय बीच भलिबल प्रतियोगिताको दोस्रो संस्करणको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा प्रतियोगिता यही वैशाख २८ गतेदेखि ३० गतेसम्म सञ्चालन हुनेछ ।

यस प्रतियोगितामा कोशी बाहेक ६ प्रदेश (सुदूर, कर्णाली, लुम्बिनी, गण्डकी, मधेश, बागमती), तीन विभागीय टिम (एपीएफ, आर्मी, पुलिस) र एक आयोजक (पाल्पा जिल्ला भलिबल संघ ) गरि १० टिम सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता लिग र नकआउट आधारमा सञ्चालन हुनेछ ।

प्रतियोगिताको उद्घाटन वैशाख २८ गते दिउँसो १ बजे हुने र बिहीबारसम्म प्रतियोगितामा सहभागी हुने सम्पुर्ण टिमका सदस्य तथा अफिसियल तानसेन पुग्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टिमलाई १ लाख ५० हजार,  उपविजेता टिमलाई १ लाख, तेस्रो हुने टिमलाई ५० हजार तथा सान्त्वना पुरस्कार २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागी हुने टिमका दुई खेलाडी र एक अफिसियलको खाना, बस्ने र यातायात खर्च आयोजकले व्यहोर्नेछ ।

नेपालको बीच भलिबलको विकास र पाल्पाको ऐतिहासिक दरबार क्षेत्र रानीमहलको प्रबर्द्धन गर्ने उद्धेश्यले यस प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् राखेपले सहयोग र नेपाल भलिबल संघले स्विकृती प्रदान गरेको छ भने यस वर्ष पाल्पा जिल्ला भलिबल संघ सहआयोजकको रुपमा जोडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?