+
+

यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा ट्रम्प दोषी ठहर

पीडितलाई ५० लाख डलर क्षतिपूर्ति दिन आदेश

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते ५:५१

२७ वैशाख,काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहरिएका छन् ।

उनलाई न्युयोर्कको सिभिल कोर्टले यौन दुर्व्यवहारमा दोषी ठहर्याउँदै पीडितलाई क्षतिपूर्ति वाफत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको हो ।

एक म्यागेजिनकी लेखिका ई. जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । साथै उनले आफ्नो मानहानी समेत गरेको आरोप ट्रम्पमाथि लगाएकी थिइन् । सोही मुद्दामा ट्रम्पलाई दोषी ठहर्याएको बीबीसीले जनाएको छ । ट्रम्पले एक डिपार्टमेन्टल स्टोरको ड्रेसिङ रुममा आफूलाई बलात्कार गरेको भन्ने केरलको आरोपमा भने अदालतले दोषी ठहर्याएको छैन ।

यो फैसलाले आगामी राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गर्ने ट्रम्पको योजनामा झड्का लागेको छ ।

ट्रम्पले सामाजिक सन्जालमार्फत् प्रतिक्रिया सार्वजनिक गर्दै अदालतको फैसला अपमानजनक भएको बताएका छन् । उनले ती महिलालाई आफूले नचिन्ने समेत उल्लेख गरेका छन् ।

पूर्वराष्ट्रपति ट्रम्पका प्रवक्ताले जारी गरेको बयानमा ट्रम्प विरुद्धको अभियान अन्तर्गत अदालतको यो फैसला आएको भन्दै यो राजनीतिबाट प्रेरित भएको टिप्पणी समेत गरिएको छ । यो फैसलाविरुद्ध अपिल गर्ने ट्रम्पको योजना रहेको बीबीसीले जनाएको छ ।

पोर्न स्टार स्टोर्मी डेनिल्सलाई पैसा दिएर दबावमा राखेको अभियोगमा ट्रम्पले फौजदारी मुद्दा पनि खेपिरहेका छन् । सो मुद्दाको सुनुवाइ डिसेम्बर ४ मा हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?