+
+

प्रि-बजेट छलफल सकिंदै, अर्थमन्त्रीले आजै जवाफ दिने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते ७:५२

२७ वैशाख, काठमाडौं । बर्खे अधिवेशन सुरु भएसँगै संघीय संसदमा प्रि-बजेटबारे छलफल भइरहेको छ ।

आज प्रि-बजेट छलफलको अन्तिम दिन हो । गत आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णय अनुसार उक्त प्रस्तावमाथिको छलफल आज सकिंदैछ ।

छलफल सकिंएसँगै आजै अर्थमन्त्री महतले संसदमा उठेका प्रश्नको जवाफ दिनेछन् । प्रि-बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नका जवाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ ।त्यसपछि जेठ १५ गते बजेट प्रस्तुत हुनेछ ।

संसदमा बजेट प्रस्तुत गर्नुभन्दा १५ दिनअगावै प्रि-बजेट छलफल समाप्त गरिसक्नुपर्छ । जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?