+
+
Shares

‘नेपालमा नक्कली शरणार्थी प्रकरण चर्किंदैछ, म चाहिं भुटानीलाई नेपाली गीत सुनाउँदैछु’

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते १६:११

काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुत यतिबेला अमेरिकाको सांगीतिक यात्रामा व्यस्त छन् । आफ्नो पछिल्लो हिट गीत ‘सकम्बरी’ रिलिजलगत्तै उनी त्यता हान्निएका हुन् । रिलिजको एक महिना पुग्न लाग्दा यो गीतको कुल भ्युज २ करोड ५७ लाख नाघेको छ । अहिले दैनिक एक लाख पटक गीत हेर्ने गरिएको छ ।

यो गीत हिटसँगै विवादित भएपछि सपुतले अमेरिकाबाटै प्रष्टीकरण दिएका थिए । हुन पनि उनी समसामयिक राजनीति र सामाजिक विषयमा चासो राखिरहन्छन् । हुन सक्छ, यही कारण उनले पछिल्लो गीतमा नेपाली मनोरञ्जन क्षेत्रको परिस्थितिमार्फत समाजलाई प्रश्न तेर्स्याए । ठीक यहीबेला देशमा नक्कली भुटानी शरणार्थीको प्रकरण चर्किएको छ ।

संयोग नै हुनुपर्छ, यो प्रकरण चर्किरहँदा गायक सपुत भने अमेरिकामा बसोबास गर्दै आइरहेका भुटानी समुदायमाझ सांगीतिक टुर चलाइरहेका छन् । उनले ट्वीटमार्फत देश मागेका भुटानीको राष्ट्रवाद सक्कली राष्ट्रवाद भएको तर्क गरेका छन् ।

उनी लेख्छन्, ‘नेपालमा ठूला-ठूला राष्ट्रवादीहरु नक्कली शरणार्थी बनाएर मानव तस्करीमा लागेको समाचार आइरहँदा म अमेरिकामा रहेका भुटानी समुदायलाई नेपाली गीत सुनाउँदैछु । आफ्नै देशमा बसेर मेरो कुनै देश छैन भन्नेहरु भन्दा, हामीलाई एउटा देश देऊ भन्नेहरुको राष्ट्रवाद पो सक्कली हो कि, सोचनीय ।’

कामको कुरा गर्दा गायक सपुत ‘बोलमाया’ गीतको दोस्रो श्रृंखला ल्याउने तयारीमा छन् भने उनको अभिनय रहेको फिल्म ‘परदेशी २’ आगामी दशैंमा प्रदर्शनको तयारीमा छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?