+
+

बाजुरा केन्द्रविन्दु भएर भूकम्प

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २८ गते ७:४८

८ वैशाख, बाजुरा । बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ ।

बिहान ५ बजेर १५ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही वैशाख २३ गते ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो ।

खानी तथा भूगर्भ विभागले हालसालै तयार पारेको भूकम्पीय जोखिम नक्सा (एसएचएम) मा पश्चिम नेपालमा लामो समयदेखि ठूलो भूकम्प नआएकाले त्यो क्षेत्रलाई पनि भूकम्पको बढी जोखिमयुक्त क्षेत्रको रूपमा औंल्याइएको छ । ५०० वर्षदेखि ठूलो भूकम्प नगएकाले पश्चिम नेपाल बढी जोखिममा रहेको वरिष्ठ भूकम्पविद डा. लोकविजय अधिकारी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?