+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बैंकहरूले जेठमा निक्षेपको ब्याजदर यथावत राख्ने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २८ गते १४:२२

२८ वैशाख, काठमाडौं । जेठमा बैंकहरूले निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन् । बिहीबार बसेको बैंकर्स संघको कार्यकारी समितिको बैंकठले जेठमा ब्याजदर यथावत राख्ने निर्णय गरेको हो ।

वैशाखमा निक्षेपको ब्याजदर घटाएर एकल अंकमा झारीसकेको र निक्षेपमा उल्लेख्य सुधार नभएकोले जेठमा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय भएको संघका एक कार्यकारी सदस्यले बताए । ‘ब्याजदर घटाएपछि निक्षेप खासै बढेको छैन । निक्षेपको ब्याजदर कम गर्दा निक्षेप बाहिरिने जोखिम हुन्छ,’ उनले भने, ‘निक्षेप नबढेको अवस्थामा अहिले ब्याजदर थप घटाउने अवस्था भएन भने बढाउनुपर्ने अवस्था पनि छैन ।’

बैंकिङ प्रणालीमा लगानीयोग्य तरलता कमी हुँदै जाँदा बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशसम्म पुर्‍याएको थियो । गत माघमा घटाएर ११ प्रतिशतमा झारेकोमा वैशाखदेखि ९.९९ प्रतिशतमा झारेको छन् । यस्तै संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत छ भने बचतको ब्याजदर ५.४ प्रतिशत देखि ७.४ प्रतिशत कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?