+
+

रास्वपाबारे ओलीको टिप्पणी- पपुलिज्मबाट उदाएको शक्ति राजनीतिक विकल्प होइन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २८ गते १६:०९

२८ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनको कार्यशैलीले उत्पन्न नागरिक निराशाका कारण नयाँ राजनीतिक शक्तिको उदय भएको निष्कर्ष निकालेका छन् ।

केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले नागरिक निराशालाई नयाँ शक्तिले उपयोग गरेको उल्लेख गरेका छन् । ‘खासगरी युवा मतदाताहरु, शहरी जनमत र प्रवासी नेपालीहरुका बीचमा पपुलिज्मले उल्लेख्य प्रभाव पार्नु र ती शक्तिहरुप्रति आकर्षण बढ्नुलाई गहन विश्लेषण गर्नु आवश्यक छ’, प्रतिवेदनमा लेखिएको छ ।

तर असन्तुष्टिलाई पपुलिज्मले उपयोग गरेपनि नयाँ शक्तिहरुले समाधान दिन नसक्ने ओलीको निष्कर्ष छ । ‘पपुलिज्मको सीमा के हो भने उसले मौजुदा समस्या र कमजोरीहरुलाई उजागर गर्न सक्छ, प्रश्न खडा गर्न सक्छ र जनअसन्तुष्टिहरुलाई राम्रैसँग उपयोग गर्न सक्छ’ प्रतिवेदनमा लेखिएको छ, ‘तर समाधानका विकल्प दिन सक्दैन’, ओलीको प्रतिवेदनमा भनिएको छ ।

सही दर्शन र विचारधारा नभएकाले नयाँ शक्तिहरुले समाधान दिन नसक्ने उनको निष्कर्ष छ । ‘सही दर्शन र विचार नभएको, अर्थ–राजनीतिक कार्यदिशा स्पष्ट नभएको र आफ्ना स्वार्थका लागि कहिले वाम त कहिले दक्षिणपन्थी आधारका बीचमा डोलायमान रहने यस्तो शक्ति मुलुकको सही राजनीतिक विकल्प भने हुन सक्दैन’, ओलीले प्रतिवेदनमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?