+
+

देउखुरीमा जग्गा फुकुवाको माग राख्दै गरिएको आन्दोलन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २९ गते १२:०८

२९ वैशाख, दाङ । दाङको देउखुरीमा रोक्का जग्गा फुकुवाको माग गर्दै गरिएको आन्दोलन स्थगित गरिएको छ ।

देउखुरीमा जग्गा फुकुवाको माग राख्दै आएका आन्दोलनरत पक्ष र लुम्बिनी प्रदेश सरकारबीच बिहीबार भएको छलफलमा एक महिनाभित्र जग्गा फुकुवा सम्बन्धी प्रतिवेदन तयार गरेर मुख्यमन्त्री कार्यालयमा पेश गर्ने सहमती भएपछि आन्दोलनरत पक्षले आन्दोलन स्थिगत गरेका छन् ।

प्रदेश सरकारको तर्फबाट विनाविभागीय मन्त्री धनबहादुर मास्कीको संयोजकत्वमा गठित जग्गा फुकुवाको विषय समितिसँग छलफलपछि हाललाई आन्दोलन स्थगित गर्ने निर्णग गरिएको नागरिक जनदबाव तथा संघर्ष समितिका संयोजक शंकर गौतमले जानकारी दिए । ‘एक महिनाभित्र प्रदेश सरकारलाई जग्गा फुकुवा गर्ने सम्वन्धमा प्रतिवेदन तयार गर्ने र मन्त्रिपरिषदमा लैजाने निर्णय गरेपछि हाललाई आन्दोलन स्थिगित गरेका हौं,’ उनले भने ।

लुम्बिनीका मन्त्री धनबहादुर मास्कीको संयोजकमा गठन गरिएको समितिले जग्गा फुकुवाबारे छलफल गर्ने र निकास निकाल्न प्रतिवेदन तयार पार्नेछ । सोही प्रतिवेदनका आधारमा प्रदेश सरकारले निर्णय बताइएको छ ।

दाङको देउखुरी उपत्यकालाई लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा गर्दै सरकारले जग्गा कित्ताकाट र बेचबिखनमा रोक लगाएको थियो । अढाइ वर्षदेखि रोकिएको जग्गा फुकुवा गर्न माग गर्दै स्थानीयले वैशाख १९ गतेदेखि रिले अनशन सुरु गरेका थिए । महिनाभित्र समस्या समाधान गर्ने गरी निर्णय नभए पुनः आन्दोलन गर्ने संघर्ष समितिका संयोजक गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?