+
+

सुत्केरीको मृत्युपछि आफन्तले घेरे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २९ गते १२:४९

२९ वैशाख, काठमाडौं । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि आफन्तले अस्पताल घेराउ गरेका छन् ।

घोराही उपमहानगरपालिका–८ सौरीकी २८ वर्षिया मधु बुढाथोकी केसीको बिहीवार राति प्रतिष्ठानमा मृत्यु भएको थियो ।

मृतकका श्रीमान शेरबहादुर केसीले बच्चा जन्मेपछि सालनाल निकाल्ने क्रममा सुत्केरीमा मृत्यु भएको बताएका छन् ।

मृतकका परिवारले घटनाको अनुसन्धान हुनुपर्ने, क्षतिपूर्ति वापत ५० लाख रुपैयाँ, शिशुको उपचार र पठनपाठनको सबै खर्च प्रतिष्ठानले व्यहोर्नु पर्ने माग राख्दै आन्दोलन उत्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?