+
+

अमेरिका पठाइदिन्छु भन्‍दै ३५ लाख ठगी, एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २९ गते १६:०१

२९ वैशाख, काठमाडौं । अमेरिका पठाइदिन्छु भन्‍दै ३५ लाख रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको  छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका- १० घर भई हाल काठमाडौं महानगर- १५ बस्‍दै आएका ५६ वर्षीय ओम शाक्‍य रहेका छन् ।

काठमाडौं अपराध अनुसन्धान कार्यालयको टोलीले  उनलाई  कालिमाटीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

उनले पीडित पासाङ ल्हामु शेर्पालाई अमेरिका पठाइदिन्छु भन्‍दै २० लाख र पटक पटक गरी १५ लाख गरी ३५ लाख रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?