+
+

तीन वर्षको सिने सर्कल अवार्ड संयुक्त रुपमा प्रदान (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३० गते १०:४५

काठमाडौं । ‘महापुरुष’, ‘आमा’ र ‘गोपी’ले सिने सर्कल अवार्डमा सर्वश्रेष्ठ फिल्मको पुरस्कार जितेका छन् । शुक्रबार आर्मी अफिसर्स क्लबमा आयोजित अवार्ड समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विजयीलाई अवार्ड प्रदान गरे ।

एकल पुरुषको कथा पेश गर्ने ‘महापुरुष’ले सन् २०७९ को सर्वश्रेष्ठ फिल्मको अवार्ड जित्दा ‘आमा’ले २०७८ र ‘गोपी’ले २०७७ सालको लागि उत्कृष्ट फिल्मको ट्रफी उचाले ।

कोरोना महामारीले प्रभावित भएपछि तीनवर्षको अवार्ड एकैपटक प्रदान गरिएको हो । सिनेमा सर्कल नेपालले आयोजना गरेको अवार्डमा यसपटक पोस्टर, ब्याकग्राउण्ड म्युजिक र भीएफएक्स विधालाई अवार्ड प्रदान गरिएन । अवार्ड प्रदान गर्दै उपराष्ट्रपति यादवले विजयीलाई शुभकामना समेत दिए ।

थुनामुक्त भएपछि अभिनेता पल शाहको यो पहिलो फिल्म कार्यक्रम हो । सर्वश्रेष्ठको कपलको अवार्ड लिन उनी मञ्चमा को-एक्टर पूजा शर्मासँगै पुगेका थिए ।

(विजयी सूची)

सर्वश्रेष्ठ फिल्म :
महापुरुष (२०७९)
आमा (२०७८)
गोपी (२०७७)

सर्वश्रेष्ठ निर्देशक :
प्रदीप भट्टराई–महापुरुष (२०७९)
दीपेन्द्र के खनाल–आमा (२०७८)
दीपेन्द्र लामा –गोपी (२०७७)

सर्वश्रेष्ठ अभिनेत्री :
केकी अधिकारी –झिंगेदाउ (२०७९)
सुरक्षा पन्त –आमा (२०७८)
स्वस्तिमा खड्का– बुलबुल (२०७७)

सर्वश्रेष्ठ अभिनेता :
हरिवंश आचार्य –महापुरुष (२०७९)
दयाहाङ राई –कबड्डी ३ (२०७८)
बिपिन कार्की– गोपी (२०७७)

सर्वश्रेष्ठ पटकथा :
प्रदीप भट्टराई–महापुरुष (२०७९)
दीपेन्द्र के खनाल –आमा (२०७८)
दीपेन्द्र लामा/सामिप्य तिमल्सिना–गोपी (२०७७)

सर्वश्रेष्ठ छायांकन :
विष्णु कल्पित –झिंगेदाउ (२०७९)
म यस्तो गीत गाउँछु –सौरभ लाभा (२०७८)
मानकृष्ण महर्जन –छिरिङ (२०७७)

सर्वश्रेष्ठ सम्पादन :
प्रेमगीत-३  – बनिश शाह र भूपेन्द्र अधिकारी

सर्वश्रेष्ठ स्क्रिन कपल :
धीरज मगर र अदिती बुढाथोकी–बाबरी (२०७९)
पल शाह र पूजा शर्मा – म यस्तो गीत गाउँछु (२०७८)

सर्वश्रेष्ठ संगीत निर्देशक :
दीपक शर्मा -दर्शन सलाम (छक्कापञ्जा ४)

सर्वश्रेष्ठ गीतकार :
राजेश श्रेष्ठ– प्रेमगीत ३

सर्वश्रेष्ठ पाश्र्वगायिका :
अस्मिता अधिकारी –बाबरी रंगमा (बाबरी)

सर्वश्रेष्ठ पाश्र्वगायक :
रामकृष्ण ढकाल (हिजोआजका कुरा)

सर्वश्रेष्ठ नृत्य निर्देशक :
कविराज गहतराज (छक्कापञ्जा ४)

सर्वश्रेष्ठ एक्सन निर्देशक :
रोशन श्रेष्ठ (नालापानी)

सर्वश्रेष्ठ स्टन्ट :
विश्व घिसिङ (लाखे)

सर्वश्रेष्ठ ट्रेलर :
जीवन थापा (प्रकाश)

क्रिटिक्स (सर्वश्रेष्ठ पर्फमेन्स अवार्ड)
प्रदीप खड्का (प्रकाश)

क्रिटिक्स (सर्वश्रेष्ठ पर्फमेन्स अवार्ड)
दीया मास्के (प्रकाश)

ट्रेन्डसेटर अवार्ड :
दीपकराज गिरी र दीपाश्री निरौला
सन्तोष सेन
निश्चल बस्नेत

लाइफटाइम अचिभमेन्ट अवार्ड :
सन्तु तामाङ
कूलबहादुर महत

तस्वीरहरु : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?