+
+

मुकेश कायस्थको परिवारप्रति राष्ट्रपतिबाट दु:ख व्यक्त

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १ गते १३:३७

१ वैशाख, काभ्रे । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दोस्रो जनआन्दोलनमा घाइते भई गत वैशाख २७ गते निधन भएका जिउँदो सहिद बनेपाका मुकेश कायस्थको परिवारमा दु:ख व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलको तर्फबाट प्रेस सल्लाहकार किरण पोखरेल, राष्ट्रपति पौडेलको परिवारको तर्फबाट छोरी अबज्ञा पौडेल र प्रेस संयोजक खिला कार्कीले मुकेशको घरमा पुगेर दु:ख व्यक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले सन्देश पठाउँदै मुकेश जस्ता योद्दाहरुको कारण नेपालमा लोकतान्त्रिक गणतन्त्र संभव भएको र मुकेशको योगदानलाइ भावी पुस्ताले सम्झिरहने उल्लेख गरेका छन् ।

बागमती प्रदेशका खनेपानी, सिंचाइ तथा उर्जा मन्त्री तीर्थ लामाले मुकेशको योगदानलाई सरकारले उचित सम्बोधन गर्ने बताएका छन् ।

बनेपा नगरपालिका मेयर शान्तिरत्न शाक्यले राष्ट्रपति मार्फत सरकारको ध्यानाकर्षण गराउँदै मुकेशलाई शहीद घोषणा गर्न माग गरेका छन् ।

दोस्रो जनआन्दोलनमा घाइते भएका बनेपाका मुकेश कायस्थको वैशाख २७ गते बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

२०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा सुरक्षाकर्मीले हानेको गोली लागेको थियो । त्यतिबेला उनी १४ वर्षका थिए । सोही दिनदेखि ओछ्यान परेका उनको ३२ वर्षको उमेरमा निधन भएको हो । उनी १७ वर्ष १ महिना अचेत अवस्थामा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?