+
+

माइखोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १ गते १४:३०

१ जेठ, काठमाडौं । माइखोला हाइड्रोपावर लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । नेप्से र माइखोला हाइड्रोपावर कम्पनीबीच १ जेठमा सेयर सूचीकरण सम्झौता भएको कम्पनीले जनाएको छ ।

कम्पनीको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको ३९ लाख २१ हजार ५६८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गरिएको ३ लाख ९२ हजार १५७ कित्ता, सर्वसाधारणलाई निष्कासन गरिएको १५ लाख २९ हजार ४११ कित्ता सेयर र संस्थापक सेयरधनीको २० लाख कित्ता गरी कुल ३९ लाख २१ हजार ५६८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सोमबार नेप्सेमा सूचीकृत भएको कम्पनीको सेयर २ जेठ मंगलबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिने नेप्सेले जनाएको छ । नेप्सेले कम्पनीको सेयरको पहिलो कारोबारका लागि १११ रुपैयाँ ६७ पैसादेखि ३३५ रुपैयाँ १ पैसासम्म ओपनिङ रेञ्ज तोकेको छ । नेप्सेले पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरणको नेटवर्थदेखि त्यसको ३ गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?