+
+

उमा कराते युरोपियन च्याम्पियनसिपमा नेपाललाई स्वर्णसहित ४ पदक

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १ गते १७:२२

१ जेठ, काठमाडौं । नेपालकी शान्ती लामाले बेलायतमा उमा कराते युरोपियन च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन् ।

शान्तीले कातातर्फ स्वर्ण पदक जितेकी हुन् । उनले कुमुतेतर्फ पनि कांस्य पदक जितेकी छन् ।

५५ केजीमूनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी उनी सेमिफाइनलमा पराजित रहिन् ।

प्रतियोगितामा सहभागी हुन गोजुकाई कराते डो संघका चार खेलाडी र तीन अफिसियल बेलायत पुगेका थिए ।

कुमुतेतर्फ नेपालबाट सहभागी विमलप्रसाद थपलियाले ६० केजी तौलसमूहमा कांस्य जिते ।

त्यस्तै ८५ केजी तौलसमूहमा कुसुम ढकालले कांस्य जितेको संघका उपाध्यक्ष अच्युतराज उप्रेतीले जानकारी दिए ।

प्रतियोगितामा उमा नेपालका संस्थापक अध्यक्ष सुरेश बैद्य र अशुराज श्रेष्ठले रेफ्री जजको भूमिका निर्वाह गरेका थिए । नेपाल टिमको म्यानेजरमा आलोक बडाल र असिफसियलका रुपमा श्रीकृण श्रेष्ठ पनि बेलायत गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?