+
+

‘पशुपतिप्रसाद २ : भष्मे डन’मा सौगात मल्लको लुक्स सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २ गते ११:२०

काठमाडौं । छायांकन भइरहेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’बाट अभिनेता सौगात मल्लको पात्र लुक्स सार्वजनिक भएको छ । शीर्षमध्येको भूमिकामा देखिएका सौगातको यो हुलिया खलपात्रजस्तो देखिन्छ । सौगातले आफ्नो यो चरित्रलाई लुकाउँदै आएका थिए ।

पशुपतिनाथ मन्दिर क्षेत्रमा छायांकन भइरहेको यो फिल्मको अब गीतको मात्रै छायांकन बाँकी छ । निर्देशक दीपेन्द्र के खनालले फिल्ममा सौगातको पात्र रोचक रहेको बताए । ‘दर्शकले सौगातको यो रोचक क्यारेक्टरलाई रुचाउनुहुनेछ भन्ने आशा लिएको छु,’ उनले अनलाइनखबरसँग भने ।

यसअघि भष्डे डनको भूमिकामा देखिएका विपिन कार्की र स्वस्तिमा खड्काको क्यारेक्टर अवतार सार्वजनिक भइसकेको छ । विपिनको ‘भष्मे डन’ लुक्स सबैलाई जानकारी भएकै कुरा हो भने स्वस्तिमा यसमा दुर्गामाताको अवतारमा प्रस्तुत भएकी छन् ।

आगामी साता फिल्मको छायांकन सकिने जनाइएको छ । खगेन्द्र लामिछानेको पटकथा लेखन र निर्माणमा बनिरहेको यो फिल्म पशुपतिप्रसाद मात्र नभएर भष्मे डनको पात्रमाथि आधारित छ । फिल्मलाई आगामी दशैंमा रिलिज गर्ने तयारीका साथ काम भइरहेको निर्देशक खनालले जानकारी दिए । पशुपतिप्रसाद व्यावसायिक र समीक्षात्मक दुवै हिसाबले रुचाइएको फिल्म हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?