+
+

सरु र रेनुका सम्मिलित किकस्टार्ट सेमिफाइनलमा, रेखा सम्मिलित स्पोर्ट्स ओडिसा बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २ गते १२:३७

२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका दुई सदस्य सरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किकस्टार्ट एफसी भारतमा भइरहेको इन्डियन महिला लिग आईडब्लुएलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपालकै अर्की खेलाडी रेखा पौडेल सम्मिलित स्पोर्ट्स ओडिसा भने क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

मंगलबार बिहान भएको पहिलो क्वाटरफाइनलमा किकस्टार्टले होप्स एपसीलाई २-१ ले हरायो ।

अहमदावादस्थित ट्रान्सस्टाडियामा भएको खेलमा काभिया पक्किरिसमीले १७औं मिनेटमा गोल गर्दै किकस्टार्टलाई अग्रता दिलाएकी थिइन् ।

रेनु रानीले ६२औं मिनेटमा होप्सका लागि बराबरी गोल फर्काएकी थिइन् ।

तर किएको एलिजाबेथ काटुङ्ग्वाले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै किकस्टार्टलाई २-१ को जित दिलाइन् ।

खेलमा सरु र रेनुकाले पहिलो रोजाईमा सुरु गर्दै पूरा समय मैदानमा बिताएका थिए ।

क्वाटरफाइनलमा गोल नगरे पनि प्रतियोगिता ६ गोल गरेकी सरु सर्वाधिक गोल गर्नेमा संयुक्त रुपमा पाँचौ स्थानमा छिन् ।

रेखा सम्मिलित स्पोर्ट्स ओडिसा भने इस्टर्न स्वर्टिङ युनियनसँग पेनाल्टीसुटआउटमा पराजित भयो ।

निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा इस्टर्न स्पोर्टिङ ४-२ ले विजयी भएको हो ।

पहिलो रोजाईँमा खेलेकी रेखाले पेनाल्टी प्रहार गर्ने अवसर भने पाइनन् । पहिलो पटक भारतीय महिला लिग खेलेकी रेखाले लिगमा ४ गोल गरेकी थिइन् ।

आईडब्लुएल अन्तर्गत मंगलबार नेपाली खेलाडी सावित्रा भण्डारी सम्मिलित गोकुलम केरलाले ओडिसासँग खेल्नेछ भने नेपालकी कप्तान एन्जिला तुम्बापो सुब्बा रहेको टिम सेथु एफसीले इस्ट बंगालसँग खेल्नेछ ।

सेथु र इस्ट बंगालबद्बीको विजेताले सरु र रेनुका सम्मिलित किकस्टार्टसँग सेमिफाइनलमा खेल्नेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?