+
+

पालुङटारमा सुत्केरीलाई २ छाक पोषिलो खाना नगरपालिकाले खुवाउने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २ गते १२:५२

२ जेठ, गोरखा । पालुङटार नगरपालिकाले सुत्केरी भान्सा घर कार्यक्रम सञ्चालनमा ल्याएको छ । सुत्केरीको पोषण अवस्था सुधारका लागि भन्दै चालु आर्थिक बर्षबाट कार्यक्रम लागू गरिएको हो ।

कार्यक्रम अन्तर्गत महिला सुत्केरी भएको २४ घण्टाभित्र दुई छाक पोषिलो खाना निशुल्क उपलब्ध गराइने स्वास्थ्य शाखा प्रमुख सिर्जना पोखरेलले बताइन् । ‘डेलिभरी भएको २४ घण्टासम्म हामी उहाँहरुलाई स्वास्थ्य संस्थामै राख्छौ’, उनले भनिन्, ‘त्यो अवधिमा माछा, मासु र अण्डासहितको दुई छाक खाना दिन्छौ ।’ स्वास्थ्य संस्थामा सुत्केरी गराउन प्रोत्साहन गर्दै पोषण सुधारका लागि उक्त कार्यक्रम लागू गरिएको उनले जानकारी दिइन् ।

कार्यक्रमका लागि चालु आर्थिक वर्षमा दुई लाख रकम विनियोजन गरिएको नगरपालिका मेयर विवश चिन्तनले बताए । मातृशिशु मृत्यु दर कम गर्ने उद्देश्य समेत रहेको उनको भनाइ छ ।

‘सुत्केरी हुनेवित्तिकै घर लान आतुरी गर्छन्, सुत्केरी भएको २४ घण्टासम्म आमा र बच्चा दुवैलाई स्वास्थ्यकर्मीको निगरानीमा राख्दा स्वास्थ्य समस्यामा पनि कमी आउने भयो, फेरि दुई छाक पोषिलो खाना दिएपछि पोषणमा पनि केही सुधार हुन्छ भन्ने अपेक्षा हो’, उनले भने ।

कार्यक्रमले स्वास्थ्य संस्थामा सुत्केरी गराउने दर समेत बढेको बताइएको छ । स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई पालिकाले जनही तीन हजार थप रकम समेत उपलब्ध गराउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?