+
+

बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा कम, गण्डकीको धेरै

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २ गते १८:२०

२ जेठ, काठमाडौं । चालु आर्थिक वर्षमा बागमती प्रदेशमा सबैभन्दा कम आर्थिक वृद्धिदर हासिल हुने अनुमान केन्द्रीय तथ्यांक कार्यालयले गरेको छ । कुल गार्हस्थ उत्पादन (जीडीपी) को आकार सबैभन्दा ठूलो रहेको बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा न्यून हुने देखिएको हो ।

चालु आर्थिक वर्ष (आव) मा बागमती प्रदेशको आर्थिक वृद्धिदर १.४ प्रतिशत रहेन अनुमान तथ्यांक कार्यालयले गरेको छ । प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ता मूल्यमा कुल १९ खर्ब ८१ अर्ब ३३ करोड पुग्ने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा गण्डकी प्रदेशपछिको दोस्रो धेरै ६.३ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको बागमती प्रदेशमा चालु आवमा सबैभन्दा कम आर्थिक वृद्धिदर हुने भएको छ । प्रदेशको अर्थतन्त्रमा ठूलो हिस्सा रहेको थोक तथा खुद्रा व्यापार नै तथा निमार्ण क्षेत्रको वृद्धिदर नै प्रभावित हुँदा बागमती प्रदेशको आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा सबैभन्दा धेरै घटेको हो ।

यस्तै चालु आवमा सबैभन्दा धेरै आर्थिक वृद्धिदर भने गण्डकी प्रदेशले हासिल गर्ने अनुमाम तथ्यांक कार्यालयको छ । गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ३.३ प्रतिशत रहने र कुल गार्हस्थ उत्पादन उपभोक्ता मूल्यमा ४ खर्ब ८२ अर्ब पुग्ने अनुमान तथ्यांक कार्यालयले गरेको हो । गत आर्थिक वर्षको तुलनमा चालु आवमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर घटेपनि सबैभन्दा धेरै आर्थिक वृद्धिदर भने गण्डकी प्रदेशकै हुने अनुमान तथ्यांक कार्यालयले गरेको छ । गत आवमा प्रदेशको आर्थिक वृद्धिदर ६.४ प्रतिशत रहेको थियो ।

अन्य प्रदेशहरुमा कोशी प्रदेशको आर्थिक वृद्धिदर २ प्रतिशत हुँदा कुल गार्हस्थ उत्पादन ८ खर्ब ४९ अर्ब ६५ करोड पुग्ने अनुमा गरिएको छ । गत आर्थिक वर्षमा ५.५ प्रतिशतको आर्थिक वृद्धिदर रहेको कोशी प्रदेशको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा भने कम हुने अनुमान गरिएको छ ।

मधेश प्रदेशको आर्थिक वृद्धिदर १.७ प्रतिशतले हुँदा कुल गार्हस्थ उत्पादन ७ खर्ब ७ अर्ब ५१ करोड पुग्ने अनुमान तथ्यांक कार्यालयको छ । मधेश प्रदेशको आर्थिक वृद्धिदर गत आर्थिक वर्षमा ४.६ प्रतिशत थियो । यस्तै लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर २.१ प्रतिशते हुने अनुमान गरेको तथ्यांक कार्यालयले कुल गार्हस्थ उत्पादन ७ खर्ब ६२ अर्ब ९७ करोड पुग्ने अनुमान गरेको छ । गत आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धिदर ५ प्रतिशत थियो ।

सबैभन्दा सानो अर्थतन्त्र रहेको कर्णाली प्रदेशको आर्थिक वृद्धिदर १.९ प्रतिशत हुँदा कुल गार्हस्थ उत्पादन २ खर्ब २१ अर्ब ५३ करोड पुग्ने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धिदर ५.३ प्रतिशत थियो ।

सुदूरपश्चि प्रदेशको आर्थिक वृद्धिदर १.८ प्रतिशत हासिल हुँदा चालु आवमा प्रदेशको कुल गार्हस्थ उत्पादन ३ खर्ब ७६ अर्ब ३३ करोड पुग्ने अनुमान तथ्यांक कार्यालयले सार्वजनिक गरेको छ । गत आर्थिक वर्षमा सुदुरपश्चिम प्रदेशले ४.८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको थियो ।

केन्द्रीय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभूत मूल्यमा २.१६ प्रतिशत हुने अनुमान यसअघि नै सार्वजनिक गरिसकेको छ । साथै नेपालको कुल गार्हस्थ उत्पादन ४६ खर्ब ९६ अर्ब ४९ करोड पुग्ने अनुमान गरिएको छ ।

कुल गार्हस्थ उत्पादनमा योगदानका आधारमा मुख्य तीन क्षेत्रमा वर्गिकरण गरिन्छ । प्राथमिकता, द्वितीय र सेवा क्षेत्रमा मुख्य गरेर वर्गीकरण गर्ने गरिएको उल्लेख गरेको छ । जसमध्ये प्राथमिक क्षेत्रमा कृषि, वन तथा मत्स्य र खानी तथा उत्खनन क्षेत्रहरु पर्दछन् । यस्तै द्वितीय क्षेत्रमा उद्योग, विद्युत, ग्याँस, वाष्प तथा वातानुकूलित आपूर्ति सेवा, पानी आपूर्ति, ढल फोहोर व्यवस्थापन तथा पुनरउत्पादनका क्रियाकलापहरू र निर्माण क्षेत्र पर्दछन् ।

सेवा क्षेत्रमा थोक तथा खुद्रा व्यापार, अवास तथा भोजन सेवा, यातायात तथा भण्डारण, सूचना तथा सञ्चार वित्तीय तथा बीमा क्षेत्र, घरजग्गा कारोवार, पेशागत तथा प्रशासिनक व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सेवाहरू पर्दछन् ।

प्रदेशगत रुपमा हेर्दा कोशी प्रदेशमा सेवा षेत्रको योगदान सर्वाधिक ५० प्रतिशत हुँदा प्राथमिक क्षेत्रको योगदान ३३.६ प्रतिशत द्वितीय क्षेत्रको योगदा १६.५ प्रतिशत रहेको केन्द्रीय तथ्यांक कार्यालयले जनाएको छ । मधेश प्रदेशको कुल गार्हस्थ उत्पादन सेवा क्षेत्रमा योगदान ५३.४ प्रतिशत रहँदा प्राथमिक क्षेत्रमा ३५.४ प्रतिशत र द्वितीय क्षेत्रको योगदान ११.३ प्रतिशत रहेको छ ।

नेपालको कुल गार्हस्थ उत्पादनमा करिब २ तिहाइ योगदान सेवा क्षेत्रको छ । बागमती प्रदेशमा भने ७७.४ प्रतिशत योगदान सेवा क्षेत्रको रहेको उल्लेख छ । यस्तै प्राथमिक क्षेत्रको योगदान ११.९ प्रतिशत र द्वितीय क्षेत्रको योगदान १०.७ प्रतिशत रहेको छ ।

गण्डकी प्रदेशको कुल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान ५६ प्रतिशत रहँदा प्राथमीक क्षेत्रको २६.६ प्रतिशत र द्वितीय क्षेत्रको योगदान १७.४ प्रतिशत रहेको उल्लेख छ ।

लुम्बिनी प्रदेशको कुल गार्हस्थ उत्पादनमा ५५.५ प्रतिशत योगदान सेवा क्षेत्रको रहेको अनुमान तथ्यांक कार्यालयले गरेको छ । यस्तै प्राथमीक क्षेत्रको योगदान ३०.३ प्रतिशत र द्वितीय क्षेत्रको योगदान १४.१ प्रतिशत छ । कर्णाली प्रदेशको कुल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान ५८.९ प्रतिशत रहँदा प्राथमीक क्षेत्रको ३१ प्रतिशत र द्वितीय क्षेत्रको १०.१ प्रतिशत रहने अनुमान तथ्यांक कार्यालयले गरेको छ । सुदुरपश्चिम प्रदेशको कुल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान ५३.१ प्रतिशत हुँदा प्राथमीक क्षेत्रको योगदान ३३.७ प्रतिशत र द्वितीय क्षेत्रको योगदान १३.२ प्रतिशत रहेको अनुमान केन्द्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?