
२ जेठ, काठमाडौं । अर्को वर्ष बंगलादेशमा आयोजना हुने आईसीसी महिला टी-२० विश्वकपको एसिया क्वालिफायर अगष्ट-सेप्टेम्बरमा मलेसियामा आयोजना हुने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले मंगलबार महिला टी-२० विश्वकपको ‘क्वालिफिकेसन पाथवे’ सार्वजनिक गरेको छ ।
जसअनुसार एसिया क्वालिफायर अगष्ट २८ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुनेछ । जसमा नेपालसहित ११ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली टिमले यही मे अन्तिमबाट मलेसियासँग पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ ।
एसिया क्वालिफायरमा नेपाल र आयोजक मलेसियासहित, थाइल्याण्ड, युएई, हङकङ, भुटान, चीन, बहराइन, कुवेत, म्यानमारले प्रतिस्पर्धा गर्नेछन् ।
जसबाट शीर्ष दुई टिम ग्लोबल क्वालिफायरमा प्रवेश गर्नेछन् ।
एसियासहित अफ्रिका र युरोपबाट २-२ तथा अमेरिका र इस्ट एसिया प्यासिफिक क्षेत्रबाट १-१ टिम ग्लोबल क्वालिफायरमा छानिनेछन् ।
महिला टी-२० विश्वकपको रिजनल क्वालिफायर अन्तर्गत युरोपियन डिभिजन टु क्वालिफायर यही मे २९ देखि जुन २ सम्म हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4