+
+

लामो दूरीको गाडी भाडा घट्यो, यस्तो छ नयाँ भाडा दर

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३ गते ९:५०
काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क । फाइल फोटो

३ जेठ, काठमाडौं । सरकारले लामो दूरीको सार्वजनिक यातायातको भाडा घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो ।

यातायात व्यवस्था विभागले घटेको मूल्य आजदेखि नै लागू भएको जनाएको छ । विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।

अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ ।

 सबैभन्दा लामो रुट  काठमाडौं-अत्तरीया-मार्तडी (बाजुरा) (९४४.६ किमी) को २९५९ रुपैयाँ भाडादर कायम भएको छ ।

यस्तै, काठमाडौं-अत्तरीया-चैनपुर(९४४ किमी)को २९४३ रुपैयाँ, काठमाडौं-धनगढी-साँफेबगर (८९९ किमी)को २६९३, काठमाडौं-अत्तरीया-सिलगढीको २४०८,  काठमाडौं-महेन्द्रनगरको १९१५, काठमाडौं-सुर्खेतको १७४०,काठमाडौं-धनकुटाको १७२७, काठमाडौं-विराटनगर १४९८ कायम भएको छ ।

त्यसैगरी महेन्द्रनगर-काँकडभिट्टा (९२२ किमी) को २४७५, सुर्खेत-धरानको २४४२ रुपैयाँ र काठमाडौं-जनकपुर ९०३, भाडा रहेको छ ।

समायोजनपछिको अन्तर प्रदेशको नयाँ गाडी भाडा यस्तो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?