+
+

खप्तडमा केबलकार निर्माण गर्न महासंघका अध्यक्षलाई सांसदहरुको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३ गते १२:४३

३ जेठ, काठमाडौं । सुदूरपश्चिमको प्रशिद्ध पर्यटकीय क्षेत्र खप्तडमा केबलकार निर्माण गर्न सांसदहरुले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग आग्रह गरेका छन् ।

सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने संघीय सांसद र प्रदेशसभा सदस्यहरुको टोलीले महासंघका अध्यक्ष ढकाललाई भेट्दै यस्तो आग्रह गरेको हो । जवाफमा खप्तडमा लगानी गर्न सरकारको सहयोग आवश्यक रहेको महासंघका अध्यक्ष ढकालले बताए ।

खप्तडमा पर्यटन पूर्वाधार निर्माण र पर्यटन प्रवर्द्धनका लागि महासंघसँगको सहकार्यका लागि यो टोली आएको महासंघले बताएको छ ।

खप्तडमा पर्यटकीय लगायतका पूर्वाधार निर्माणका लागि वातावरणीय मूल्यांकन र जग्गा प्राप्ति निक्कै कठिन रहेको हुँदा यी विषयमा सरकारले सहजीकरण गर्नुपर्ने अध्यक्ष ढकालको भनाइ थियो । उनले आगामी बजेटबाट यी विषय सहज बनाएमा तत्काल लगानी गर्न सकिने पनि बताएका छन् ।

सातै प्रदेशमा केबलकार निर्माणको नेतृत्व गरेका अध्यक्ष ढकाललाई खप्तडमा पनि केबलकार निर्माणका लागि टोलीले आग्रह गरेको हो । यही २३, २४ र २५ जेठमा खप्तडमा आयोजना हुने प्रवर्द्धन कार्यक्रममा अध्यक्ष ढकाल लगायत महासंघलाई निमन्त्रणा समेत गरिएको छ ।

भेटका क्रममा राष्टिय सभा सदस्य गरिमा शाहले खप्तडमा भारतीय लगायत आन्तरिक पर्यटकहरुको पनि आकर्षण रहने हुँदा निजी क्षेत्रका लागि पनि अवसर रहेको बताइन् ।

खप्तड क्षेत्र पर्यटन विकास व्यवस्थापन समितिका शेर वहादुर खडकाले प्रस्तावित कार्यक्रमले प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

भेटमा शाह, खडका, प्रदेश सभा सदस्य दीर्घ सोडारी र दिपक सिंह ओली, नेपाली कांग्रेसका नेता गोविन्द वहादुर शाह, व्यवस्थापन समितिका सदस्य हर्कवहादुर सिंह सहभागि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?