+
+

न्याम्सको निमित्त उपकुलपतिमा डा. भुपेन्द्र बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३ गते १६:५६

३ वैशाख, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को निमित्त उपकुलपतिमा डा. भुपेन्द्र बस्नेत नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनससंख्या मन्त्री तथा न्याम्सका कुलपति मोहनबहादुर बस्नेतले अर्को व्यवस्था नभएसम्मका लागि डा. बस्नेतलाई उपकुलपतिको जिम्मेवारी दिएका छन् ।

डा. बस्नेतले निमित्त उपकुलपतिको नियुक्तिपत्र लिएको बताए । ‘अहिले न्याम्समा उपकुलपति नहुँदा धेरै काम रोकिएका छन् । अर्को व्यवस्था नभएसम्मको लागि उपकुलपतिको जिम्मेवारी पाएको छु,’ डा. बस्नेतले अनलाइनखबरसँग भने ।

डा. बस्नेतले वीर अस्पतालको निर्देशकमा दुई पटक जिम्मेवारी निरवाह गरिसकेका छन् । उनी ग्याष्ट्रोइन्टेरोलोजिष्ट तथा न्याम्सका प्राध्यापक समेत हुन् ।

पछिल्लो समय न्याम्सका वरिष्ठ चिकित्सकहरुले भने न्याम्सभन्दा बाहिरका र अवकास प्राप्त कर्मचारीलाई उपकुलपतिमा ल्याए प्रतिवादमा उत्रने चेतावनी दिँदै आएका छन् । ‘यस्तो प्राज्ञिक संस्थामा प्राध्यापनसँग सम्बन्धित नै व्यक्ति ल्याउनुपर्छ । प्राध्यापक भन्दा कम योग्यता र फरक व्यक्ति उपकुलपति ल्याउँदा सम्रग प्राध्यापक र प्राज्ञिक संस्थाकै अपमान गर्नु हो,’ न्याम्समा कार्यरत एक चिकित्सक भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?